
विदुर । गणतन्त्र दिवसको अवसरमा नुवाकोटका विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । गणतन्त्र स्थापनाको २० औं वर्षको अवसरमा नुवाकोट जिल्लाल आज १४, भोलि १५ र पर्सी १६ गते तीन दिन विभिन्न कार्यक्रम सहित भव्यतासाथ मनाउने निर्णय गरेको छ । कार्यतालिका आुसार आज ७ः३० बजे बट्टार क्याम्पस देखि जिल्ला समन्वय समितिको सभाहलसम्म विदुर नगरपालिकाको समन्वयमा विभिन्न संस्कृतिक झाँकी सहीत प्रभातफेरी कार्यक्रम गरिएको छ ।
उक्त प्रभातफेरी कार्यक्रममा राजनैतिक दल, नागरीक, संघसंस्था, राष्ट्रसेवक कर्मचारीले सहभागिता जनाएका थिए । । नेपाल रेडक्रस सोसाईटि र त्रिशुली अस्पतालको समन्वयमा त्रिशुली अस्पतालको प्राङ्गणमा मिति भोलि १५ गते रक्तदान कार्यक्रका साथै उद्योग वाणिज्य संघ नुवाकोटको सहयोगमा फलफूल वितरण कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाईको समन्वयमा स्थानीय तह मार्फत स्थानीय विद्यालयहरूमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई उपयुक्त हुने शैक्षिक तथा खेलकूद सामग्री वितरण गर्ने,जेष्ठ १४, १५ र १६ गते जिल्लास्थित सबै सरकारी, सार्वजनिक एवं सामुदायिक निकाय तथा संघ–संस्थाहरुले आ–आफ्नो कार्यालय परिसर एवं ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदास्थलहरुको सरसफाई सहित सौन्दर्यीकरण अभिवृद्धि गर्न तथा तत् तत् स्थलहरुमा राष्ट्रिय झण्डा फहराउन, साँझ दीप प्रज्ज्वलन गर्न एवं साँझ घर–घरमा दीपावली गर्न अनुरोध गर्ने
,डिभिजन वन कार्यालय र जलाधार व्यवस्थापन कार्यालयले संयुक्तरुपमा पायक क्षेत्रमा वृक्षारोपण गर्ने ,नुवाकोट स्थित छापा र मिडियालाई गणतन्त्र दिवस सम्बन्धी संवाद, साहित्यिक कार्यक्रम तथा सूचनामूलक प्रशारण गर्न पत्रकार महासंघ जिल्ला शाखालाई अनुरोध गर्ने ।,
विदुर नगरपालिका बाहेक जिल्ला स्थित स्थानीय तह प्रमुख÷ अध्यक्षहरुलाई सरसफाई, प्रभातफेरी, खेलकूद, प्रवचन तथा साहित्यिक गोष्ठि, सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शनी, रक्तदान जस्ता आवश्यकतानुसार कार्यक्रमहरु तय गरी मनाउन अनुरोध गर्ने । कार्यतालिका सार्वजनिक गरिएको छ ।