
दुप्चेश्वर । नेपालको वामपन्थी आन्दोलनका एक अथक योद्धा बरिस्ठ समाजसेवी, शैक्षिक अभियन्ता, पुर्व साम्सद एव नुवाकोटे जनताका प्रिय ब्यक्तित्व, स्व. गणेश पण्डितको प्रतिमा(सालिक) अनावरण गरिएको छ । प्रतिनिधिसभाका सभामुख सम्माननीय देवराज घिमिरेले शनिबार दुप्चेश्वर गाउँपालिकाको दुप्चेश्वर माविको प्राङ्गण,रामतीमा शालिक अनावरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख आतिथि घिमिरेले नेपाली राजनतिमा स्वर्गीय पण्डितको योगदान विसर्न नसक्ने खालको रहेको स्मरण गर्नुभएको थियो । उहाले पण्डित एक शालिन र भद्र नेता भएकाले नुवाकोटका जनताका प्रिय नेता भरहेको पनि बताउनु भयो । कार्यक्रमा नेका मओवादीका नेता तिहबहादुर तामाड., समाजसेवी चिकित्सक संघ पुर्ब अध्यक्ष डा केदार नरसिंह के सी, संबिधान सभा सदस्य जगदीश्वरनरसिंह के सी, मा राधिका तमाङ लगायत अन्य राजनैतिक दल का नेता कार्यकर्ता समाजसेबी हरूको उपस्थिति रहेको थियो ।
पण्डितले अध्यापन गर्नुभएको विद्यालयमा शालिक स्थापना गरिएको हो । कार्यक्रममा बोल्ने नेताहरुको नेपाली राजनीतिमा पण्डितको महत्व योगदान रहेको स्मरण गर्नुभएको थियो । पण्डित नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बन्नु भएको थियो । पार्टीको निर्देशन विपरित अमेरिका भ्रमण गएको विषयमा तत्कालिन पार्टीका महासचिव माधव कुमार नेपालले कारबाही गरेपछि उहा राजनीतिबाट निस्क्रिय बन्दै जानु भएको थियो ।