
१० ज्येष्ठ । माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुन नुवाकोट शाखाको अध्यक्षमा श्रीराम नेपाल चयन हुनुभएको छ । विदुर १ ढुङगेमा शनिवार सम्पन्न भेलाले नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
युनियनका केन्द्रिय अध्यक्ष टीकाप्रसाद न्यौपानेको उपस्थितीमा सम्पन्न भेलाले उपाध्यक्षमा खमलाल तिमलसेना, इन्दिरा गड्तौला, सचिवमा राजुकमार रिमाल, अर्थसहसचिवमा चोप वहादुर थापा, सहसचिवमा निराजनमान अमात्य चयन हुनुभएको हो ।
यसैगरी सदस्यहरुमा सागर लामा, अजय पौडेल, माधव प्रसाद गजुरेल, महेश्वरी लामिछाने र शंकर पासवान चयन भएको निर्वाचन समितिका संयोजक नारायण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै केन्द्रिय प्रतिनिधीहरुमा नारायण श्रेष्ठ, मणि घिमिरे, मिमवहादुर मानन्धर, राकेशप्रसाद शाह र शिवराम ढकाल चयन हुनुभएको छ ।
युनियनमा आवद्ध ज्येष्ठ सदस्य मिमवहादुर मानन्धरको सभापतित्वमा सम्पन्न भेलामा केन्द्रिय अध्यक्ष न्यौपानेले माध्यामिक शिक्षकहरुको हकअधिकार सुनिश्चितताको आवाज उठाउन ट्रेड युनियनको रुपमा हिस्टुनले काम गर्दै आएको जानकारी दिनुभयो । नेपाल शिक्षक महासंघको २९ दिने आन्दोलनका क्रममा हिस्टुनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै न्यौपानेले सरकारसँग गरिएका सम्झौता अनुसार विद्यालय शिक्षा ऐन जारी नभएमा अर्को चरणको आन्दोलनका लागि तयार रहन समेत आव्हान गर्नुभएको छ ।
कार्यक्रममा युनियनका केन्द्रिय अर्थ उपमहासचिव यज्ञबहादुर घिमिरेले साविकको उच्चमावि तहमा कार्यरत शिक्षकहरुको छाता संगठनको रुपमा हिस्टुन क्रियाशिल रहेको जानकारी दिनुभयो ।
भेलामा शिक्षकहरु रामचन्द्र ढुंगेल, मणि घिमिरे, खमलाल तिमलसेना, राकेशप्रशाद शाह लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । युनियनलाई जिल्लाका सवै स्थानीय तहमा विस्तार गर्दै शिक्षकहरुको हकअधिकार सुनिश्चितताका लागि नयाँ कार्यसमिति क्रियाशिल रहने नवनिर्वाचित अध्यक्ष नेपालले प्रतिबद्धता जनाउनुभएको छ ।