
छात्रवृत्ति हस्तान्तर गर्दै समाजसेवी मुकुन्द पाण्डे
शिवपुरी । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाको विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । समाजसेवी तथा नेपाली कांग्रेसका नेता मुकुन्द पाण्डे र उहाँको भाई प्रदोद पाण्डेले आफ्ना स्वर्गीय पिता नरेन्द्र राज पाण्डे र माता सानीकान्छी पाण्डेको सम्झनामा शिवपुरी गाउँपालिका विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो ।
शिवपुरीमा रहेका ८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरु मध्येबाट छनोट गरि प्रत्येक विद्यालयका तीन जना छात्र र छात्रा गरि जनही दुई हजारका दरले छात्रवृत्ति प्रदान गरिएको पाण्डेले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

यसै क्रममा सोमबार शिवपुरी वडा नं ६ अन्तर्गत श्री समुन्द्रा माध्यमिक विद्यालयका तीन जना जेहेन्दार छात्र ÷छात्रा लाई छात्रवृत्ति हस्तान्तरण गर्नुभएको थियो । विद्यालयको अभिभावक भेलाका अवसरमा सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच छात्रवृत्ति हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न साकृतिक कार्यक्रम समेत देखाएका थिए । शिवपुरी ७ का बासिन्दा पाण्डे दाजूभाईले यसअघि पनि आफ्नो गााउँमा विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ । नेपाली कांग्रेस शिवपुरी काठमाडौं सम्पर्क समितिका सभापति तथा राजधानीको प्यारामाण्ड स्कुलका प्राचार्य समेत रहनु भएका दाजू मुकुन्द पाण्डेले आफूले आफ्नो जन्मथलोका लागि थोरै भएपनि सहयो गर्न पाउँदा खुशी रहेको बताउनुभयो ।