
तादी । सावधानी अपनाऔँ साइबर अपराधबाट बचौं, भन्ने मूल नाराका साथ सबै सामुदायिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ तादी गाउँपालिकामा सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
गाउँपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटको समन्वयमा साइबर अपराधका सम्बन्धमा सचेतना दिने उद्देश्यका साथ ७ दिने प्रशिक्षण कार्यक्रम अन्तर्रगत पहिलो चरणमा जेठ १४ गते अमरज्योती मावि खरानीटार देखि सुरु भएको थियो । यस्तै २६ सोमबार सुन्दरा मावि सातविसेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यस्तै बुधबार जेठ २६ गते रालुका माविमा कार्यक्रम आयोजना गरिने खरानीटार प्रहरी कार्यालयले जनाएको छ ।

तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षमा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत धुब्र खनाल,प्रहरी निरीक्षक जयन्ती थापा सहित ६५ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङले यस कार्यक्रमले सबै विद्यार्थीहरुलाई साइबर अपराधका सम्बन्धमा सचेतना जगाउने र यसले उच्चतम प्रतिफल प्राप्त हुने कुरामा विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा तादी गाउँपालिका नुवाकोटका सूचना प्रविधि अधिकृत पुरुषोतम वाग्ले,प्रहरी निरीक्षक जयन्ती थापा, प्रहरी सहायक निरीक्षक राजेश केसीले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षणको दौडानमा साइबर अपराध रोकथाम र न्यूनीकरणका उपायहरूका सम्बन्धमा साथै सकारात्मक सोचको विकास कसरी गर्ने, मनोपरामर्शका सवालमा प्रशिक्षण प्रदान गरिएको प्रहरी सहायक नीरिक्षक केसीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।