
विदुर । नुवाकोट जिल्लाको किस्पाड. गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । गाउँपालिकामा आज मंगलबार आयोजित एक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अर्जुन न्यौपानेले विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको हो । गाउँपालिकाले ४ जिपिए ल्याउने बसन्त भट्टलाई ल्यापटप प्रदान गरेको छ ।

यस्तै ३.९ जिपिए ल्याउने दुई जनालाई नगद १० हजार र ३.६ जिपिए ल्याउने ४ जनालाई जनही पाँच पाँच हजार नगद रकम प्रदान गरेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष न्यौपानेले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि पुरस्कारसहित सम्मान गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चक्र बहादुर शाही लगायतका अन्य व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । किस्पाङ गाउँपालिकाको वडा नं २ मा सातदोबाटोमा रहेको ज्ञानज्योती माविका छात्र बसन्त भट्टले ४ जिपिए ल्याएका थिए ।
यस्तै सोही विद्यालयकी पुजा न्यौपानेले ३.९ जिपिए ल्याउन सफल भएकी छिन् । उनी सामुदायिक विद्यालयमा छात्रातर्फ जिल्ला प्रथम भएको बताइएको छ । पुरस्कृत भएका विद्यार्थीहरुले खुशी व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद दिएका छन् । उनीहरुले आफूहरुको चाहना विज्ञान विषय पढ्ने रहेको समेतब बताए ।