
पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा उपस्थित कांग्रेस नेताहरुसहित जनप्रतिनिधिहरु
विदुर । नेपाली कांग्रेस नुवाकोटले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई आगामी आर्थिक वर्ष २०८०।०८१ सालको बजेट बनाउँदा पार्टीले निर्वाचनका बेला आम जनतासँग व्यक्त गरेका प्रतिवद्धता अनुसार बनाउन निर्देशन दिएको छ । आज पार्टी कार्यालयमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुसँको छलफलमा कांग्रेस सभापति तथा प्रदेशसभा सदस्य रमेश महत सहितको टोलीले जनप्रतिनिधिहरुलाई यस्तो निर्देशन दिएका हुन ।
पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुसँको छलफलमा कांग्रेसले जनतासँग विगतमा गरेका प्रतिवद्धतालाई पूरा गर्न, आर्थिक पारदर्शीता कायम राख्न, स्थानीय ऐन नियमभित्र रहेर काम गर्न र जनचसोका विषयमा गम्भीर बन्नका लागि पार्टीका तर्फबाट निर्देशन दिएको नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठ नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो ।

छलफलमा बजेट बनाउँदा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारका विषयमा बजेट बनाउनुपर्नेमा पालिका प्रमुखहरु एकमत भएको बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो । यस्तै शिवपुरीका अध्यक्ष गोविन्द थपलीयाले पार्टीले निर्वाचनका बेला जारी गरेको घोषणा कार्यान्वयन हुने ढंगले बजेट बनाउने विषयमा छलफल भएको बताउनुभयो .

उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति राजु थापा, सन्तमान तामाड., पार्टी सचिव श्रीराम श्रेक्ष्, वैकुण्ठ मिश्रसहित नेपाली कांग्रेसबाट निर्वाचित विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहाल,शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलीया, तादीका अध्यक्ष सन्तमान तामाड., सुर्यगढीका अध्यक्ष सन्तबहादुर घले, लिखुका अध्यक्ष धुव्र श्रेष्ठ, तारकेश्वरका अध्यक्ष शिव अधिकारी, म्याड.का अध्यक्ष आशा लामासहित उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

नुवाकोटमा कांग्रेससबाट सात पालिकाको प्रमुख र तीन पालिकाको उपप्रमुख निर्वाचित भएका छन् । नेपालको संविधानमा बजेट बनाउने कार्यतालिका समेत व्यवस्था गरिएको छ । जसअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने पर्ने व्यवस्था छ । यस्तै पार्टीलाई बुझाउने लेबीको विषयमा छलफल भए पनि निर्णय भने हुन नसकेको नेपाली कांग्रेसका उपसभापति राजु थापाले जानकारी दिनुभयो .