
विदुर । नुवाकोट जिल्लाको किस्पाङ गाँउपालिकाका वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका ८८ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरेसँगै हिजोबाट किस्पाड. गाउँपालिकाका सबै वडाबाट वितरण प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महाप्रसाद दंगालले जारी गर्नुभएको सूचनामा जनाइएको छ ।

दंगालले जारी गर्नु भएको सुचना अनुसार परिचयपत्रका लागि नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट लिएको भए त्यसको सक्कल कपि वा प्रतिलिपि, बसाई सराइ गरेको भए त्यसको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र र एकल महिलाको हकमा श्रीमान वितेको मृत्युदर्ताको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने जनाइएको छ । सरकारले राष्ट्रिय कामकाज वा राहदानीका लागि वा अन्य कार्यका लागि राष्ट्रिय परियपत्र अनिवार्य गरेको छ ।
जसलाई सहज बनाउनका लागि नुवाकोट जिल्लामा वडाबाट नै वितरण गरिने यसअघि नै निर्णय भएको थियो । सोही आधारमा पहिलो चरणमा दुप्चेश्वर गाउँपालिकामा सुरु भएको थियो भने दोस्रो चरणामा किस्पाड. गाउँपालिकामा सुरु भएको छ । पछिल्लो समय जिल्लामा राष्ट्रिय परिचयपत्र र राहदानी लिनेको भीड लाग्न थालेपछि त्यसलाई सहज बनाउनका लागि प्रशासनले यस्तो निर्णय गरेको हो ।
प्रशासनको सो निर्णयले जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता भने हटेको छ । प्रमुख जिल्लf अधिकारी किरण थापाले छिट्टै अन्य पाकिलामा पनि यो सेवा लगिने नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभय