
फाइल फोटो
विदुर । नुवाकोट जिल्लामा रहेका १२ स्थानीय तहहरुलाई यतिखेर बजेट बनाउने चटारो रहेको छ । संविधानमा व्यवस्था गरिए अनुसार आगामी असार १० गते बजेट ल्याउनुपर्ने भएकाले जिल्लाका सबै पालिकाहरु बजेटको अन्तिम तयारीमा पुगेका छन् । बजेट बनाउने तयारी भएपनि विगतमा जस्तो यसपटक भने पालिकाहरुमा त्यति धेरै उत्साह देखिएको छैन । एकतर्फ संघीय सरकारको अनुदान रकम कटौती भएर आएको छ भने अर्कोतर्फ गत वर्षको नै भुक्तानी गर्न बाँकी रहेकाले यस पटक पालिकाहरुले वडालाई दिने अनुदान रकम पनि कटौती हुने भएको छ ।
अधिकांस पालिकाहरुले उपभोक्ता समिति मार्फत गराइएको कामको भुक्तानि दिन सकेका छैनन् । जसका कारण पनि आफ्नो गाउँघरमा बजेट कति आउँछ भन्नेमा स्थानीय ढुक्क हुन सकेका छैनन् । केन्द्र सरकार र प्रदेश सरकारबाट राम्रो बजेट पाएका नुवाकोटबासी त्यसमा नपरेका योजनाहरु हाल्नका ला िस्थानीय सरकारलाई दवाव बढाइरहेका छन् । तर पालिकाहरुसँग विकासका ला िबजेट अत्यन्त कम रहेको पालिका प्रमुखहरुले बताउने गरेका छन् । विदुर नगरपालिका गत वर्षको बजेटमा नै घाटामा रहेको थियो । उसले गत वर्षको भुक्तानि दिँदा चालु वर्षमा समेत उपभोक्ता समितिलाई भुक्तानि दिन सकेको छैन ।
यस्तै बेलकोटगढी नगरपालिकाले पनि चालू आर्थिक वर्षको मात्रै ९ करोड भुक्तानि दिन बाँकी रहेको उमेयर शिव दाहालले जानकारी दिए । उपमेयर दाहालका अनुसार वडालाई यस पटक जम्मा २३ लाखको मात्रै सिलिड. तोकिएको छ । यस्तै लिखु, शिवपुरी, तादी, पञ्चकन्या, दुप्चेश्वर, ककनी लायतका पालिकाहरुले पनि यप पटक गत वर्षको भन्दा २० प्रतिशत कम बजेट बनाउने अन्तिम तयारी गरेका छन् । सरकारले बजेटको अभाव भएको भन्दै समपुरक कार्यक्रम अन्र्तरगतको अन्तिम किस्ताको रकम झण्डै तीनदेखि पाँच करोड रोकेको छ । जसले गर्दा पालिकाहरुले उपभोक्ता समितिमार्फत गराएका कामको समेत भुक्तानि दिन सकेका छैन ।
बजेटका लागि वडातहले समेत आफुलाई प्राप्त भएको सिलिड. अनुसारका लागि छलफल चलाएका छन् । यस्तै बेलकोटढी, विदुर नगरपालिकाले बजेट बनाउने विषयमा छलफल गरेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गतेको बजेट वक्तब्य मार्फत नुवाकोट जिल्लाको १२ पालिकाका ४ अर्ब ५ करोड ८२ लाख बजेट विनियोजन गर्नुभएको थियो । बजेट भाषणमा व्यवस्था गरिए अनुसार विदुर नरपालिकालाई ६२ करोड ४४ लाख, बेलकोटगढी नरपालिकालाई ४८ करोड ११ लाख, ककनी गाउँपालिकालाई ३६ करोड १३ लाख, किस्पाड गाउँपालिकालाई २३ करोड ९७ लाख, तादी गाउँपालिकालाई २९ करोड २४ लाख तारकेश्वर गाउँपालिकालाई २५ करोड २९ लाख,दुप्चेश्वर गाउँपालिकालाई ३४ करोड २९ लाख, पञ्चकन्या गाउँपालिकालाई २७ करोड ८३ लाख,मेघाड. गााउँपालिकालाई २६ करोड,लिखु गााउँपालिकालाई २४ करोड ३१ लाख, शिवपुरी गााउँपालिकालाई ३४ करोड ९२ लाख,सुर्यगढी गाउँपालिकालाई २६ करोड ५ लाख बजेट विनियोजन गरिएको छ । वियिोजित बजेटमा नरपालिकातर्फ विदुर र गाउँपालिकातर्फ शिवपुरीले अधिकतम बजेट प्राप्त गरेका छन् ।
शिवपुरीले ३४ करोड ९२ लाख पाउँदा द्प्चेश्वरले दोस्रोमा ३४ करोड २९ लाख पाएको छ । गाउँपालिकातर्फ किस्पाड.गाउँपालिकाले २ ३ करोड ९७ लाख पाएको छ । यो बजेत ससर्त, समपुरक र अनुदानसहितको रहेको छ । गाउँपालिकाले प्राप्त गरेको बजेटमा प्रशासनिक खर्च कटाएर झण्डै ३० प्रतिशत मात्रै विकास खर्चमा लगाउन सकिने देखिएको छ ।