
तस्बिर ः सौजन्य ः रास्वपा पार्टी कार्यालय
काठमाडौं । ठूला दलहरुप्रति आम नागरिक असन्तुष्ट भैरहेको बेला नयाँ दलको रुपमा स्थापित रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ । आज सो पार्टीको पहिलो स्थापना दिवसका अवसरमा पूर्व बैंकर अनिल केशरी शाह पार्टी प्रवेश गर्नुभएको हो ।
आज पूर्व बैंकर शाहलाई पार्टीको झण्डा अंकित लोगो लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्थ्यो । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी शाहलाई दिएको हो ।
केही समयअघि नेपाली कांग्रेसका नेता तथा अर्थविद्ध स्वर्णीम वाग्ले रास्वपामा प्रवेश गर्नुभएको थियो । उहा पार्टी प्रवेशसँगै तहनु १ बाट निर्वाचन लडेर विजयी बन्नु भएको थियो ।