
अध्यक्षमा निर्वाचित भएपछि शुभचिन्तक तथा मतदाताहरुसँग तस्बिर खिचाउँदै अध्यक्ष कुँवरसहित अन्य निर्वाचित पदाधिकारीहरु ः तस्बिर ः नुवाकोट पुकार डटकम
काठमाडौ । नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्र कुमार कुँवर निर्वाचित हुनुभएको छ । कुँवरले आफ्ना प्रतिद्धन्द्धी महेन्द्र प्रसाद यादवभन्दा ६५ मत बढि ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्ष निर्वाचित हुनुभएका कुँवरले ४४१ मत ल्याउँदा यादवले ३८६ मत ल्याउनु भएको थियो । अध्यक्षमा निर्वाचित कुँवर संस्थापन पक्षका हुनुहुन्छ । अन्य पदाधिकारीमा भने संस्थापन इतर पक्षका नेताहरु पनि निर्वाचित भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की निर्वाचित हुनु भएको छ । कार्कीले ४६९ मत ल्याउनु भएको थियो भने उहाका प्रतिस्पर्धी अयोध्या प्रसाद यादवले ३३६ मत ल्याउनु भएको थियो । उपाध्यक्ष खुला २ मा गणेबबहादुर केसी र ज्योती कोइराला निर्वाचित हुनुभएको छ ।
उहाहरुले क्रमशः ४३८र ४१८ मत ल्याउनु भएको थयो । यस्तै उपाध्यक्ष महिलामा नुवाकोटकी राधिका कुँकेल विजयी बन्नु भएको छ । कुँइकेलले ३९२ मत ल्याएर विजयी बन्नु भएको छ । उपाध्यक्ष सेवा क्षेत्रमा नेत्र विक्रम थापा,उपाध्यक्ष उत्पादनमा ललितबहादुर श्रेष्ठ उपाध्यक्ष अनौपचारिक तथा उत्पादन क्षेत्रमा राजेश पालिखे निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा अजय कुमार राई निर्वाचित हुनुभएको छ ।
उपमहासचिवमा जनार्दन भट्राई र बलदेव तामाड. विजयी बन्नु भएको छ । उपमहहासचिव महिलामा शुसिला घिमिरे निर्वाचित हुनुभएको छ । यस्तै सेवा क्षेत्रमा देवदत्त बडु,उत्पादनमा कुलकुमार खड्का,अनौपचारिक र स्वरोजगारमा रुक्मिणी थापा, कोषाध्यक्ष संजय कुमार दाहाल सहकोषाध्यक्षमा राजकुमार गुरुड. निर्वाचित हुनुभएको छ ।
यस्तै समावेशी रुपमा ३७ केन्द्रीय सदस्यहरु पनि निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राजधानीको प्रज्ञा भवनमा सोमबारदेखि चलेको अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गर्नुभएको थियो