
विदुर . नुवाकोट जिलाको सुर्यगढी गाउँपालिकाले २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिकाको तर्फबाट अध्यक्ष सन्तमान घलेले पालिकाको वार्षिक नीति तथा कार्यक्रम र पेश गर्नुभएको थियो । सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ लागि ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँको बजेट पारित गरेको छ ।
गाउँपालिका अध्यक्षले पेश गर्नुभएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक तथा पर्यटन क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै सामाजिक सुरुक्षतर्फ पनि पालिकाले ५५ वर्षदेखि ६७ वर्षसम्ममा एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रममा उल्लेख गरिएको छ । सरकारले ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाको दायारमा लाएको छ । पालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेसँगै पालिकाका दुई सय एकल पुरुषले लाभ पाउने पालिकाको तथ्याड.मा उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिकाले जेष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता वडा वडामा वितरण गर्ने, जेष्ठ नागरिक सम्मान तथा सद्भाव कार्यक्रमलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम लागु गरिने भएको छ । पालिका क्षेत्र भित्रका सकलाई हिउँद बर्षातमा नै चल्न सक्ने बनाउने, पर्यटकीय क्षेत्रहरुको विकास गर्ने, सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार ल्याउन विभिन्न कार्यक्रम गर्ने, विद्यार्थी दिने दिवा खाजालाई प्रभावकारी रुपमा कार्यानवयन गराउने लगायतका कार्यक्रम समावेश गरिएको छ ।
जिल्लामा सुर्यगढी गाउँपालिकाले सबैभन्दा पहिलो बजेट ल्याएको छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराम पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा पालिकाका सबै वडाबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थयो । अन्य पालिकाले भने भोलि बजेट ल्याउने तयारी गरेका छन् ।