
काठमाडौँ । काम गर्ने इच्छाशक्ति भयो भने देश र जनताका लागि राज्यका तहमा बसेकाहरुले केही न केही गर्न सक्दछन् भन्ने उदाहरण स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले दिनुभएको छ । मन्त्री बस्नेतको पहलमा वीर अस्पतालमा आउने बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ स्वास्थ्य मन्त्रालयको निर्देशनपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले हिजो शुक्रबारदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका हो ।
मन्त्रालयको पहलमा गरिएको यो निर्णसँगै बिर अस्पतालमा उपचारका लागि जाने सर्वसाधारणले निकै राहतको महशुस गरेका छन् । मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्ने गरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक ् जनाइएको छ । यसअघि प्रतिदिन दुई सय शय्यामा शुल्क नलाग्ने गरेको थियो । अस्पतालमा क्याबिन, सघन उपचार कक्ष (आइसियु) गरी नौ सय ६० शय्या रहेका छन् ।
नेपालको पुरानो अस्पतालको रुपमा रहेको विर अस्पतालमा देशभरबाट उपचारका लागि सर्वसाधारण आउने गरेका छन् । अपतालमा आउने विरुामीहरुका ला िअस्पतालले खाना खुवाउने र एक जना विरामी कुरुवालाई समेत खाना दिने गरेको छ । स्वास्थ्य मन्त्री बस्नेतको पहलमा अस्पतालका अन्य सेवाहरुको पनि सुधार थालिएको अस्पताल स्रोतले जनाएको छ । मन्त्री बस्नेतले केही दिनअघि अस्पतालको छड्के जँच गर्नुभएको थियो ।