
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखि क्यान्सरको रोगबाट पीडित हुनुभएका ६४ वर्षीय लामाको राजधानीको वीर अस्पतालमा उपचारकै क्रममा शुक्रबार राती निधन भएको बताइएका छ । लामाको निधन भएसँगै नेपाली कांग्रेसका नेताहरु लामालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि शनिबार दिउँसो बौद्ध पुगेका थिए ।
विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका लामा तेह्रौँ महाधिवेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा एउटा सादगी नेताको रुपमा परिचित लामा काँग्रेसको चौधौँ महाधिवेशनमा सह महामन्त्रीका प्रत्याशी हुनुहुन्थ्यो ।
लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागी शनिबार दिनभर काठमाडौँ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाह संस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति जङ्ग बहादुर लामाले जानकारी दिनुभयो ।लामा साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रय रहेको उहा निकट रहेका पार्टी सभापति लामाले जानकारी दिनुभयो ।मृतक लामाको एक श्रीमती दुई छोरा र चार छोरी छन् । उहाँकी कान्छी श्रीमतीको भने यस अघीनै मृत्यु भइसकेको छ