
ककनी । “समृद्ध ककनीको आधार–पर्यटन, कृषि र दिगो पूर्वाधार” भन्ने नाराकासाथ ककनी गाउँपालिकाकौ १२ गाउँसभाको आयोजना गरेको छ । शुक्रबार आयोजना गरिएको गाउँ सभामा अध्यक्ष सुमन तामाड.ले निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
अध्यक्ष तामाड.ले आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक निती तथा कार्यक्रम सार्वजनिक गर्दै ककनी गाउँपालिकाकालाई कृषि, पर्यटन तथा स्वास्थ्य र शिक्षाको बिकासमा अघि बढाउने प्रतिवद्धता जनाउनु भएको थियो । यस्तै नीति तथा कार्यक्रममा शिक्षाको विकासका लागि पालिकामा आवश्यक स्थानमा करारमा शिक्षक नियुक्ति गर्ने योजना समेत ल्याएको छ । यस्तै पर्यटनको विकासका लागि ककनी टउट माछाको विस्तार, ककनीलाई पर्यटकीय क्षेत्रको रुपमा थप विकास गरिने लगायतका कार्यक्रमहरु समावेश गरिएका छन् ।
यस्तै पालिकाको सझेदारीमा पालिकाभित्रका सबै परिवारको अपनत्व हुने गरी उत्पादनमा जोड्ने र रोजगारीको वातावरण सिर्जना गर्ने लक्ष्यसमेत राखिएको छ । शुक्रवार निति तथा कार्यक्रम सार्वजनिक गरे पनि आवश्यक तयारी नपुगेको भन्दै अर्को हप्ता मात्रै बजेट सार्वजनिक गर्ने गाउँपालिकाले जनाएको छ ।