
श्रद्धाञ्जलीसभामा कांग्रेस नेताहरु
ककनी । नुवाकोटको ककनी गाउँपालिका–२ का वडाअध्यक्ष तिलकबहादुर लामाको निधन भएको १३ औ दिनको पुण्य तिथिका अवसरमा नेपाली कांग्रेसले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ ।
बागमती प्रदेशका आर्थिक मामिता तथा योजना मन्त्री बहादुरसिह लामाको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेशसभा सदस्य रमेश महत, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति अर्जुन न्यौपाने, प्रदेश सभापति रामजी पौडेल, काग्रेस नेता कृष्ण लामा,प्रदेश सचिव नित्य ढुगाना ,कांग्रेसका नेता ऋषीकमार तामाड., कांग्रेस नेता श्रीहरि ढकाल लगायतकाले स्वर्गीय लामाको योगदानका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका लामाले ककनीमा लामाले प्र्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा सभापति महतले ककनीलागि लामाले धेरै गुन लगाएको भन्दै अब शोकलाई शक्तिमा बदलेर लामाको सपना पूरा गर्नुपर्ने बताउनुभएको थियो ।

गत मंसिरमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ककनी गाउँपालिका वडा नं २ बाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका ४४ वर्षीय लामाको गत जेठ ३१ गते निधन भएको थियो । पछिल्लो समय उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले विगत एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहेका थिए ।
लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य थिए । लामालाई अर्थमन्त्री डा प्रकाशरण महतले राष्ट्यि झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।