
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गदैृ मेयर राजन श्रेष् । साथमा उपमेयर प्रभा बोगटी, प्रमुश प्रशासकिय अधिकृत विनोद कुमार खनाल
विदुर । नुवाकोट जिल्लाको पहिलो नगरपालिका विदुर नगरपालिकाको १३ औ नगरसभा आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आज आइतबार आयोजना गरिएको नगरसभामा मेयर राजन श्रेष्ठले आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम पेश गर्नुभएको छ ।
नगर प्रमुख श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा हेलो मेयर कार्यक्रमदेखि सिंगो नगरको विकासका लागि अन्य कार्यक्रम ल्याइएको छ । नीति तथा कार्यक्रममा सार्वजनिक जग्गाको संरक्षण, विदाका दिन पनि सडक निर्माण, देखि अत्यावश्यक सेवाहरुको सञ्चालन गरिने कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै अबको एक वर्षधिभत्र नगरपालिकाको आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने निती पनि लिइएको छ । बट्टारमा रहेको कोशेली घरलाई यसैवर्षबाट सञ्चालनमा ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विदुर नगरपालिकाभित्र बन्ने घरहरुलाई अनिवार्य नक्कापासको व्यवस्था गरिने उल्लेख गर्दै नक्सापास नभएका घरहरुलाई वडा तथा नगरबाट दिइने सेवा सुविधाट बञ्चित गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै विदुर नगरपालिकाभित्र रहेका टेलिफोन र विद्युतको तारलाई व्यवस्थित गर्नका लागि विद्युत प्राधिकरण र टेलिकमसँग आवश्यक सहकार्य गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै सार्वजनिक सवारीसाधनलाई विद्युतिय रुपमा विकास गर्नका लागि सवारी साधनका लागि बसपार्क र साना सवारी साधनका लागि हावाघरमा चार्जिड. स्टेशनको व्वस्था गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । कार्यक्रममा आम नगरबासिलाई करको दायतामा ल्याउनका लागि जनचेतानामुलक कार्यक्रम सञ्चालन गर्नेदेखि असोज मसान्तसम्म कर चुक्ता गर्नेहरुलाई १० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ र यस्तै घर निर्माण सम्पन्नको प्रमाणपत्र दिँदा अनिवार्य रुपमा दुई वटा रुख रोपेको हुनुपर्ने अव्यस्थालाई अनिवार्य गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
सफा स्व्च्छ नगर पालिका कार्यक्रममा जिल्लाको बारुणयन्त्र सेवा र आपतकालिन सेवालाई व्यवस्थित गरिने उल्लेख गरिएको छ । यस्तै प्राकृतिक विपत र महामारीबाट जोगिनका लागि पूर्व व्यवस्थापन कोष खडा गरिने उल्लेख गरिएको छ । विपतमा परेकाहरुलाई नगरपालिकाको सार्वजनिक स्थानमा राख्ने र त्यस्तो नभए कम्तिामा १५ दिन नगरपालिकाले खाना बस्नका लागि व्यवस्थापन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ । नगर भित्रका उद्योग व्यवयासलाई व्यवस्थित गर्नका लागि उद्योग डेक्सको स्थापना गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
घरेलु रुपमा उत्पादन भएका पेय पदार्थलार्य कानुन निर्माण गरि दर्ता प्रक्रिया मार्फत व्यवस्थित गरिने, स्वास्थ्यका क्षेत्रको विकासका लागि नवजात शिशु र आमाका पोषणका लागि सचेतना मुलुक कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख गरिएको छ । विपन्न नागरिकका लागि मुटुरोग, क्यान्सर,मृौलासम्न्धि रोग लगायतका उपचारका लागि यसअघि पञ्चिस हजार दिँदै आएकोमा अब नगरपालिकाले पाँच वर्षका लागि स्वास्थ्य विमा कार्यक्रममा सहभागि गराई नगरपालिकाले एकमुष्ट रुपमा नगरपालिकाले व्यहोर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
विदुर नगरपालिकाभित्रको त्रिशुली अस्पताललाई अझ व्यवस्थित गरिने,विदुर नगरपालिकाले रेडक्रसलाई आर्थिक सहयोग प्रदान गर्ने र नुवाकोटको जुनसुकै स्वास्थ्य केन्द्रमा रगत ल्याउँदा त्यसको भुक्तानी रेडक्रसमार्फत गरिने कार्यक्रम पनि ल्याएएको छ ।
विदुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नि ःशुक्ल स्वास्थ्य उपचारको व्यवस्थ गर्ने, विदुर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएका विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने, पोष्टबहादुर बहुप्राधिकि शिक्षालयमा दिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइएको छ । सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकको सरुवा, विद्यालय समायोजन लगायतका कार्यक्रम पनि सार्वजनिक गरिएको छ हाम्रो विदुर नामक स्थानीय पाठ्यक्रम लागू गरिने पनि उल्लेख गरिएको छ । जंक फडुलाई निषेध गरिने उल्लेख गरिएको छ ।
विदुर नगरपालिकाभित्र रहेका आमाबुबा बिहिन बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराईने छ । देवीघाटमा रहेको संस्कृति विद्यालयलाई दुई लाख अनुदान प्रदान गर्ने निर्णय गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नगरपालिकाभित्र खेलकुदको विकासका लागि खेलकुद प्रतियोगिता आयोजना गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिका क्षेत्रभित्रको खेलकुदको विकासका लागि परामर्शका कार्यक्रम सञ्चालन गरिने, क्रिकेट खेललाई जिल्लामा भितयाउनका लागि अन्तराष्टिय क्रिकेट रंगशालाका लागि प्रदेश सरकार र संघीय सरकारसँग सहयोगको माग गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
विदुर नगरपालिकाधित्रको २००३ वर्ष पूरानो पुरतात्विक स्वयम्भु चैत्यन्नको जिर्णेद्धारका लागि बजेटको व्यवस्था गरिएको छ । यस्तै जिल्लामा हुने विभिन्न खाले परम्परा र सस्कृति र चाडपर्वको जर्गेना गर्दै त्यसका लागि बजेटको व्यवस्थापनका गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
नेपाल, चीन एकिकरण मार्गलाइ संरक्षण गरिने , पृथ्वीनाराण स्मारणलाई हरित स्मारकको रुपमा विकास गरिने, र्पथ्वी जयन्ती, सिन्धुरे जात्राकामा विदा दिने निर्णयलाई कार्यान्वयनको प्रयास गरिने ,देवीघाट जेष्ठ नागरिक केन्द्रलाई दिदँदै आएको अनुदानलाई आवश्यक ऐन मार्फत नै निरन्तरता दिने कार्यक्रममा उल्लेख गरिएको छ ।
विदुर नगरपालिकाभित्र ६ सय उद्योग दर्ता भएका छन् भने २८२ वटा प्राइभेट उद्योग दर्ता भएको पनि कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै सहकारी संघ संस्थाहरुलाई अनुगनम गर्दै प्रभावकारी र सुशासनयुक्त बनाइने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै विदुर नगरपालिका वडा नं ९मा विद्युत प्राधिकरणसँग समन्वय गरेर जलविहार केन्द्र र पर्यटकीय केन्द्रको रुपमा विकास गरिने कार्यक्रममा उल्लेख गरिएको छ । नगर प्रमुखमा निर्वाचित भएपछिको दोस्रो नगर मेयर श्रेष्ले आफूले निर्वाचनका बेला जनासँग व्यक्त गरेकाप्रतिवताका आधारमा कार्यक्रम समावेश गरेको जानकारी समेत दिनुभएको थियो ।
नगर प्रमुखमा निर्वाचित भएपछिको दोस्रो नगर परिषद्मा मेयर श्रेष्ले आफूले निर्वाचनका बेला जनातासँग व्यक्त गरेका प्रतिवद्धताका आधारमा कार्यक्रम समावेश गरेको जानकारी समेत दिनुभएको थियो । कार्यक्रममा उपमेयर प्रभा बोटी, प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार खनालसहित सम्पूर्ण नगरसदस्यहरुको उपस्थिति रहेको थियो ।