
नगरसभाको उद्घाटन गर्दै गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केसी ः तस्बिर सौजन्य ः सरोज केसी
विदुर । समृद्ध बेलकोटगढीको आधार कृषि, स्वास्थ्य, शिक्षा पर्यटनसहितको पूर्वाधार भन्ने नाराकासाथ जिल्लाको दोस्रो नगरपालिकाको रुपमा रहेको बेलकोटगढी नगरपालिकाको नबौ नगरसभा आज आयोजना भैरहेको छ । नगरपालिका कार्यलय भएको नगरसभामा मेयर जगत बहादुर लामाले आर्थिक वर्ष २०८०।०८१ का ला िवार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । कार्यक्रम समृद्ध बेलकोटढीको नारालाई अघि सारिएको छ । यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन,सडक पूर्वाधार लायतका कार्यक्रमहरु समावेश गरिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुनरसिंह केसी, विशिष्ट अतिथि संघीय सांसद विमला सुवेदीको उपस्थिति रहेको छ । १३ वडा रहेको बेलकोटढी नगरपालिकाले शिक्षाको विकासका लागि विद्यालय मर्जदेखि स्वास्थ्य क्षेत्रको विकासका लागि एम्बुलेन्स खरिदसम्मका कार्यक्रम समावेश गरेको छ । यस्तै कृषि क्षेत्रको विकासका लागि आधुनिक कृषि परियोजनाका कार्यक्रमहरु समावेश गरिएका छन् ।

पर्यटन क्षेत्रको विकासका लागि चिम्टेश्वर,वैद्य वन,लगायतका स्थानको विकासमा जोड दिइएको छ । नगरपालिकाले यस वर्ष पुरा हुन सक्ने कार्यक्रम मात्रै समावेश गरेको जनाएको छ । नेपाल सरकारबाट अनुदान प्राप्त भएको रकम र स्थनीय तहमा कर संकलनबाट उठ्ने रकमबाट पुँजीगत खर्च कटाएर चालू आवको योजनाको झण्डै नौ करोड भुक्तानिका लागि बाँकी रहेकाले थप नयाँ योजनाहरु कमैमात्र समावेश गरिने कार्यक्रममा उल्लेख गरेको छ ।
यसअघि नगरपालिकाले वडाकार्यलयहरुलाई २३ लाखको मात्रै सिलिड. दिएको थियो । नगरसभामा नगरपालिकाका उपमेयर शिव दाहाल प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितसहित नगर सदस्यहरुको उपस्थिति रहेको छ .