
आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष, साथमा प्रमुख अतिथि हितबहादुर तामाड. र विशिष्ट अतिथि राधिका तामाड.
जिल्लाको पल्लो भेगमा रहेको दुप्चेश्वर गाउँपालिकाले,हाम्रो गाउँ हामी बनाऔ, भन्ने नाराकासाथ १३ औ गाउँसभाको आयोजना गरेको छ । शनिबार सम्पन्न भएको गाउँसभामा पालिकाका अध्यक्ष शंकर थापाले गाउँपालिकालाई समृद्ध बनाउने योजनासहित आर्थिक वर्ष २०८०।०८१ का लागि निती तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
उहाले नुवाकोट जिल्लाको सुन्दर र पर्यटकीय तथा धार्मिक रुपले प्रशिद्ध रहेको दुप्चेश्वरमा भएको भौगोलिक र प्राकृतिक वस्तुहरुको सहि रुपमा उपयोग गर्न सकेको खण्डमा दु्प्चेश्वरलाई समृद्ध बनाउन सकिने उल्लेख गर्नुभयो । अध्यक्षले पेश गर्नुभएको नीति तथा कार्यक्रममा नागरिकलाई सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्नेदेखि १५ शष्याको अस्पताल निर्माणसम्मका कार्यक्रमलाई समावेश गर्नुभएको छ ।
यस्तै स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू गरिने, महिला स्वयंम सेविकालाई दिइदै आएको यातायात खर्चलाई निरन्रता, शिक्षा क्षेत्रको विकासका लागि गरिखाने शिक्षा पालिकाको इच्छा भन्ने मुल नाराकासाथ शिक्षाको विकास गर्ने निती तथा कार्यक्रममा उललेख गरिएको छ । कृषि क्षेत्रको विकासका लागि किसानहरुको सुचिकरण गर्दै किसान परिचयपत्र वितरण गर्ने कार्यक्रम समेत ल्याइएको छ । यस्तै स्थानीय स्तरमा रहेका मेलमिलापकर्तालाई तालिम तथा अन्य चेतनामुलुक तालिमहरु प्रदान गर्दै गाउँघरका समस्या गाउँघरमा नै मिलाउने योजना पनि अघि सारिएको छ । यस्तै प्रधानमन्त्री स्वरोजार कार्यक्रम मार्फत सुचिकृत भएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि छनोट गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका पोलिब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य राधिका तामाड. लगायतका माओवादी नेताहरुसहित पालिकाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तामाड.ले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले संघीयताको विकासका लागि स्थानीय सकार पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमकी विशिष्ट अतिथि बागमती प्रदेशकी पूर्व उपप्रमुख तथा हाल प्रदेशसभा सदस्य राधिका तामाड.ले संघ र प्रदेशबाट पर्न नसकेका योजनाहरुmलाई प्राथमिकतामा राखेर दुप्चेश्वरको विकासमा लागनका लागि सुझाव दिनुभएको थियो । उहालेआफु प्रदेसमा उपसभामुख रहेका बेला विकासका लागि धेरै योजनाहरु पारेको अनुभव सुनाउँदै यझै पनि आफूले सक्ने सहयोगड र्ने प्रतिवद्धता जनाउनु भएको थियो । अध्यक्षमा थापा निर्वाचित भएपछिको यो दोस्रो गाउँ सभा हो ।