
काठमाडौँ । लामो छलफलपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको छ । उपसमितिको प्रतिवेदनमा संशोधनसहित विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिबाट पास भएको छ । समितिको सचिवालयले प्रतिवेदन लेखन सकाएपछि विधेयक प्रतिनिधिसभामा पेस हुनेछ ।
आज बिहीबारको बैठकले एसईई प्रदेशस्तरमा हुने, ईसीडी २ वर्ष हुने, जिल्लामा शिक्षा ईकाई रहने, निजी स्कुल गैरनाफामूलकउन्मुख हुनेलगायत विषय सहितका विषयलाई समेटेको छ । यस्तै निजी विद्यालयले १० प्रतिशत पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने, शिक्षक बढुवा र कार्यसम्पादन मूल्यांकनका विषयमा टुंगो लगाएको छ ।