
गाउँशभामा निती तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष धुर्व श्रेष्ठ,साथमा प्रमुख अतिथि प्रदेशसभा सदस्य रमेश महतसहितका अतिथिहरु
विदुर । जिल्लाको लिखु गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकामा अयोजित गाउँसभामा अध्यक्ष धुर्व श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष शुभद्रा अधिकारीले वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष श्रेष्ठले पेश गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमा शिक्षा, स्वास्थ्य, कृषि, भौताकि पूर्वाधार र सडकलाई विशेष रुपमा जोड दिनुभएको छ । सामुदायिक विद्यालयको सुधार, स्वास्थ्य केन्द्रहरुको स्तरोन्तरी लायतका कार्यक्रमहरु समावेश गरिएको छ । बजेटमा गाँउपालिकाभिको कृिष क्षेत्रको सम्भावनालाई मध्यनजर राख्दै कृषिमा आधुनिकिकरण प्रविधि मार्फत विकास गर्ने योजना समेत अघि सारिएको छ ।
यस्तै सुत्केरी महिलालाई स्वास्थ्य केन्द्रसम्म लैजान र सुत्केरी गराएपछिको पोषणका लागि समेत बजेटको व्यवस्था गरिएको कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कार्यक्रममा गाउँपालिकाभित्रका किशोरीहरुलाई निशुल्क सेनीटरी प्याड निःशुल्क वितरणको कार्यक्रम पनि समावेश गरिएको छ । कार्यक्रममा गाउँपालिकाको प्रशासकिय भवन निर्माणलाई अघि बढाउने पनि उल्लेख गरिएको छ । यस्तै उपाध्यक्ष अधिकारीले पेश गर्नु भएको बजेटलाई क्षेत्रगत रुपमा, उप्पादनशील क्षेत्र र आर्थिक वर्षभित्र सम्पन्न हुने योजना समावेश गरि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

लिखुले आर्थिक वर्ष २०८०।०८१ का लागि ४० करोड ३० तीस लाख ३० हजार रुपयाँ विनियोजन गरेको छ । उक्त बजेटमा वित्तिय समानीकरणमार्फत ८ करोड ५९लाख ४३ हजार रहेको छ भने ससर्त अनुदान १६ करोड ४३ लाख ८६ हजार रहेको छ । ससर्त अनुदान अन्र्तरगत संघीय सरकारबाट प्राप्त अनुदान १४ करोड ७० लाख प्रदेश सरकारबाट प्राप्त १ करोड ७३ लाख ८६ हजार रहेको छ ।
संघीय राजश्वबाँडफाँड तर्फबाट प्राप्त हुने अनुदानतर्फ ६ करोड २२ लाख ९० शजमरबमे अनुमान गरिएको छ भने प्रदेशबाट १ करोड ३९ लाख ११ हजार रहेको छ । यस्तै संघीय विशेष अनुदानार्फ ५० लाख र प्रदेश अनुदान ९० लाख गरि विशेष १ करोड ४० अनुमान छ । समपुरक अनुदानतर्फ १ करोड २५ लाख प्रदेश समपुरक अनुदान २ करोड गरि ३ करोड २५ लाखको अनुमान गरिएको छ ।
आन्तरिकक आयबाट ९१ लाख र प्राकृति स्रोतबाट २ करोड ९ लाख आम्दानी हुने अनुमान गरिएको छ । यस्तै प्राकृति स्रोतबाट सहित गाउँपालिकामा प्राप्त अनुदनासहितलाई मिलाएर चालुतर्फ २४ करोड ५ लाख ८७ हजार विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १६ करोड लाख २४ लाख ४३ हजार विनियोजन गरिएको छ । यस्तै प्रत्येक वडालाई २५ लाख विनियोजन गरिएको छ ।
यसअघि गाउँसभाको उद्घाटन प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महतले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उहाले संघीयताको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहो भन्दै उत्पादनमुलक क्षेत्रमा खर्च र्न र निर्वाचनका बेला जनासँग व्यक्त गरेका प्रतिवद्धताहरुलाई पनि स्मरण गर्न सुझाव दिनुभएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभापति रामजी पौडेल लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।