
लागु औषध तथा ओसारपसार विरुद्धको प्रभातफेरिपछि जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापासहित सहभागि अतिथिहरु
विदुर । लागू औषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्ध नुवाकोटमा जचेतानामुलक कार्यक्रम गरि मनाइएको छ । सोमबार अर्थात असार ११ गते अन्तराष्ट्रिय दिवस २६ जुन २०२३ का अवसरमा “ लागू औषध दुरुपयोग बिरुद्धको ऐक्यवद्धताः व्यक्ति,समाज र राष्ट्रको प्रतिवद्धता” भन्ने मुल नाराकासाथ जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा “लागू औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्ध सचेतनामुलक प्रभातफेरीे कार्यक्रम आयोजना गरिएको छ ।
बट्टार बजार र कोलनी स्थित भैरुम मा.बि.गेटबाट प्लेकार्ड, ब्यानर सहित जिल्ला समन्वय समितिको सभाहलसम्म प्रभातफेरी कार्यक्रम संचालन गरिएको थियो । प्रभातफेरीपछि जिल्ला समन्वय समिति नुवाकोटको सभाहलमा प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका प्रमुख,जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी,स्वास्थ्य विभागसँग सम्बन्धित कार्यालयकप्रमुख तथा प्रतिनिधी, पत्रकार एवं सरोकारवाला निकायहरु, बिद्यालयका शिक्षक तथा विधार्थीहरु लगायत सुरक्षाकर्मी सहितको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले स्वागत मन्तव्य राख्नु भएको थियो, भने लागू औषध दुरुपयोग तथा ओसार पसार सम्बन्धमा नेपाली कांग्रेसका उपसभापति राजू थापा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले लागू औषध सम्बन्धी बिश्लेषणत्मक तथ्याङ्क सहितको मन्तव्य राख्नु भएको थियो । उहाले लागू औषध नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गर्नुभएको थियो ।