
विदुर । विश्व प्रविधिको विकासले फड्को मारिसकेको छ । प्रविधिको विकासँगै हरेक कुराहरु अब अनलाईनबाट नै हुन थालेका छन् । यसै क्रममा नेपालको पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पार्टीको साधारण सदस्यता लिन चाहनेहरुका लागि पनि अनलाईनको व्यवस्था गरेको छ । कांग्रेसले केही दिन अघिबाट सुरु गरेको अनलाईन आवेदनबाट सदस्य बन्न सकिने व्यवस्था सुरु गरेको कांग्रेस प्रचार विभागका प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।
अनलाई विवरणका लागि पार्टीको ओएवसाइडमा लग इन गरेर अनलाईन सदस्यमा क्लिक गर्नु पर्दछ । त्यसपछि विवरणमा नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड ग्रुप, भाषा, पेशा प्रदेश, जिल्ला लेख्नुपर्दछ । यति गरिसकेपछि पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडी भागको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । त्यसमा सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।
सदस्यता लिनका लागि निम्नकुराहरुको प्रतिवद्धता जनाउनु पर्नेछ ‘म पूर्ण निष्ठा र इमान्दारितासाथ राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श, सिद्धान्त एवं उद्धेश्यमा आस्था राख्दै पार्टीको विधान र अनुशासनपालना गर्न प्रतिवद्धता साथ शुल्क रु २० बुझाई नेपाली कांग्रेसको सदस्यता प्राप्ति÷नवीकरणका लागि आवेदन गर्दछु ।’ त्यसपछि अनलाईनबाट नै सदस्यता कार्ड प्राप्त हुनेछ र त्यसलाई प्रिन्ट गरेर लिन सकिन्छ ।
अनलाइनको व्यवस्था भएसँगै दैनिक रुपया सदस्या लिनेहरुको संख्या थपिदै गएको कांग्रेस केन्द्रीय कार्यालयका एक कर्मचारीले नुवाकोट पुकारडटकमलाई बताए । पछिल्लो समय राष्ट्यि स्वतन्त्र पार्टी, एमाले लगायतका दलहरुले अनलाईन सदस्यताको सुरुवात गरेपछि कांग्रेसले पनि यसको सुरुवात गरेको छ।