
काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लाग वर्तमान सरकार थप क्रियाशिल बनेको छ । यसै क्रममा आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा लिएको कान्तिपुर अनलाईनले समाचार बनाएको छ ।
ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको बुझिएको छ । उक्त विषयमा तीन वर्षअघि नै सिविआइले अनुसनधान गरेको थियो । यसअघि भ्रष्टाचार गरेको आरोपमा ११० जनालाई र सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि ६५ जनालाई प्रतिवादी बनाइएको हो ।
सबै प्रतिवादीमाथि मागदाबी गरिएको बिगोको कुल अंक २० अर्ब हाराहारी छ । अख्तियारले अनियमितता हुँदाका बेला तोकिएको जग्गाको न्यूनतम मूल्यांकन अंकलाई आधार मानी बिगो कायम गरेको थियो ।