
काठमाडौ । सरकारले पेश गरेको आर्थिक वर्ष २०८०।०८१ का लागि पेश गरेको बजेट संशोधन गर्न माग गरिएको भएपनि अन्तत ः राजनीतिक दलहरु बजेट पास गर्न सहमत भएका छन् । सत्तारुढ दलहरुको सहमति अनुसार बहुमतले बजेट पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ।
‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको थियो । मन्त्री महतले जेठ १५ गते आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो । बैठकमा सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी विनियोजन विधेयकसम्बन्धी प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्नुहुँदा बहुमतले पारित भएको हो । बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाइएको थियो ।
कुल उपस्थित सांसद २५५ मध्ये प्रस्तावको पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ। मत दिन्न भन्ने सांसदको संख्या शून्य रहेको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दल बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरेका थिए ।
बजेटका विषयमा सत्तारुढ एककृत समाजवादी र माओवादीसहति जनमत पार्टीले समेत विरोध जनाएका थिए । यस्तै नेपाली कांग्रेसका कतिपय सांसदहरुले समेत विरोध गरेका थिए । तर पाटीर्को ह्रीपपछि भने बजेट पास गर्न सबै तयार भएका हुन । बजेट भएसँगै आगामी साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ ।