
विदुर । सुर्यगढी गउँपालिकाको काम कारबाहीप्रति आम नागरिकमा सामाजिक सञ्जाल मार्फत भ्रम छर्ने काम गरिएको भन्दै गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गाँपालिकाका प्रवक्ता राम शरण राईले आज एक विज्ञप्ति जारी गर्दै सुर्यगढीका जनताले आफ्नो मत मार्फत अपार माया र विश्वास सहित पठाएको सुर्यगढीको नेतृत्वप्रति बदनीयतपूर्ण ढंगले दुश्प्रचार गरिएको भन्दै त्यसको भत्र्सना गर्दै नागरिकलाई सचेत गराएको छ ।
विज्ञप्तिमा भनिएको छ,जनताबाट निर्वाचित भएको जनप्रतिनिधि र गाउँ पालिकाको हरेक काममाथि अवरोध सर्जिना गरेर हतोत्साहित बनाउन विगतमा के कस्ता गतिविधि गरिएको छ भन्ने सर्वविभिदै छ, हरेक हर्कतबाट पनि नेतृत्वलाई गलत प्रमाणित गर्न असफल भएकाहरुले पुन नेतृत्वलाई बदनाम गराउन खोज्ने प्रयास भनेको गगटाको टाउको र कुखुराको दाँत खोजेजस्तै मात्रै हो । विज्ञप्तिमा अध्यक्ष सन्तबहादुर घलेको नेतृत्वले पहिलो कार्यकालदेखि नै पालिकामा रहेका कार्यालयहरुको शाखा मार्फत हुने खरिद, विवरण सम्बन्धि विषयमा सम्बन्धित विज्ञको रोवहरमा प्रमाणित पश्चात मात्रै भुक्तानी दिँदै आएको स्मरण गराउँदै कहि कतै पनि प्राविधिक त्रुटि नगरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा पालिकाको काम कारबाहीमा कतै त्रुटि नदेखिएपछि पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचत हुनुभएका अध्यक्ष र सिंगो पालिकालाई दबनाम गराउने र सर्वसाधारणले प्रत्यक्ष लाभ पाउने काममा अवरोध सिर्जना गर्ने र सकेसम्म त्यसबाट बञ्चित गराउने प्रयास स्वरुप फेरि यस्ता गरिविधि हुन थालेको भन्दै त्यस्ता गलत क्रियाकलाप गर्नेहरुप्रति सचेत रहन समेत विज्ञप्ति मार्फत अपिल गरिएको छ । पालिकाले विज्ञप्तिमा स्वास्थ्य, शिक्षा, कृषकमा अनुदान ट्याक्टर,टनेल,बाख्रा पकेट कार्यक्रममा अनावश्यक टिका टिप्पणी गरेर सामाजिक सञ्जाल मार्फत भ्रमको खेती गर्न खोजिएको समेत प्रष्ट पारेको छ । विज्ञप्तिमा हरेक कामको प्रकृति अनुसार विज्ञले प्रमाणित गरेपछि मात्रै पालिकाले भुक्तानि गर्ने गरेको जानकारी हुँदा हुँदै पनि पालिका र कर्मचारीलाई मुछ्ने र कमिसन खाएको ढंगले सामाजिक सञ्जालमा टिका टिप्प्णी गरिएको भन्दै त्यस्ता कुराको पुष्टि गर्न समेत विज्ञप्ति मार्फत चुनौती दिइएको छ ।
यस्तै पालिकालाई बदनाम गराउन नक्कली अडियो बनाउने, किसानलाई अनावश्यक रुपमा उचाल्ने गरिएको भन्दै त्यस्ता अनावश्यक प्रपोगान्डलाई सामना गर्न पालिका तयार रहेको समेत चेतावनी दिइएको छ । विज्ञप्तिको अन्त्यमा गाउँपालिकाको नियमित काम कारबाहीमा सल्लाह सुझाव वा खबरदारी लगायत अन्य विषय भए कार्यालयम सुझाव दिनको लागि खुला रहेको जानकारी गराउँदै कपोलकल्पित विषय उठान गरेर जनप्रतिनिधि र कर्मचारीको बद्नाम गराउने दुष्प्रयास कोही कसैबाट भएको खण्डमा कानुनी उपचारको बाटो खोज्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

विगत केही समयदेखि गाउँपालिकाले खरिद अनुदानमा वितरण गरेको ट्याक्टर, मल, लगायत बाख्रा पकेट विषयमा सामाजिक सञ्जालमा विना प्रमाण जनमानसलाइ भ्रममा पार्ने गरि प्रचार प्रसार गरिएपछि पालिकाले आम रुपम स्पष्ट पारेको अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो ।
केही दिनअघि सहकारी मार्फत बाख्राका लागि 4 लाख अनुदान दिएको विषयमा सहकारी र समन्वय समितिले आफूखुशी बाख्रा किनेर ल्याएको पछि हल्लाको भरमा महगो भयो भनेर पालिकाले बदमासी गरेको भनेर नक्कली रुपमा अडियो बनाएर सार्वजनिक गरेको भन्दै पालिकाले आज फेरि विज्ञप्ति मार्फत स्पष्ट पार्ने प्रयास गरेको छ । अध्यक्ष घलेले विज्ञको सुझाव विना कुनै पनि भुक्तानी नभएको र नहुने समेत प्रष्ट पारेका छन् ।