
कार्यक्रम समापनपछि प्रमुख अतिथिसहित सहभागिहरुद्धारा सामूहिक तस्बिर खिचाउँदै ः तस्बिर सौजन्य ः गमला लामा
रातमाटे । सुरक्षित आप्रबासन (सामी)कार्यक्रम अन्तर्रगत बेलकोटगढी नगरपालिका अन्तर्रगत वडा नम्बर ७ को रातमाटेमा सञ्चालनमा रहेको भिमेश्वर वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको २१ सत्र समापन गरिएको छ । आज बिहीबार जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भुवनेश्वर नेपालको अध्यक्षता, भएको कार्यक्रममा २१ हप्ता सम्म नियमित आएर कार्यक्रममा सहभागि हुनेहरुलाई विधाई गरिएको थियो ।
बेलकोटगढी नगरपिालिकाका उपमेयर शिव प्रसाद दहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलकोटगढी नगर कार्यपालिका सदस्य गमला लामा, वडा नं ११ का सदस्य राजुमान तामाङको पनि सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि दाहालले यस्ता कार्यक्रमले महिला दिदीबहिनीहरुमा आय आर्जन गर्ने, बचत गर्ने कुराको सचेतना प्राप्त हुने भएकाले यसको समाजमा छुट्टै महत्व रहेको बताउनुभएको थियो ।

उक्त कार्यक्रमकी कार्यक्रम संयोजक नीरु सुचिकारले कार्यक्रम संचालान गर्नुभएको थियो । कार्यक्रम पश्चात सहभागीमा आएका सकारात्मक परिवर्तनहरुका लागि सहयोग मिलेको कार्यक्रममा सहभागिहरुले बताएका छन् । कार्यक्रममा खर्च कटाएर बचत गर्ने, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सको खर्च र आम्दानीको हिसाब राख्न राख्ने लगायतका विषयमा कार्यक्रममा सचेतनामुलुक जानकारी गराइएको थियो