
गिरिजाप्रसाद कोइराला फाउण्डेसनले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला नेपालको राजनीतका महानायक भएको बताउनु भएको छ । सोमबार गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आयोजना रेको गिरिजाप्रसाद कोइरालाको सताब्दीऔ जन्मोत्सवका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले मुलुककमा लोकतन्त्र स्थापनाका लागि स्वर्गाीय कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
उहाले लोकतन्त्र, राष्ट्माथि र जनताको भविष्यमाथि खतराको खण्टी बजेको आफूले महसुस गर्दै यो पटक आफू नभई नहुने भित्रै बाट लागेको हुनाले प्रधानमन्त्री बनेको समेत बताउनुभयो । उहाले अझै पनि शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री दाहालले सामान्य सुधारले समस्याको हल नहुने भन्दै राजनीतिक दल र नेताप्रतिको विश्वास जगाउने कुरा सम्भव नभएको बताउनुभयो । प्रधानमन्त्री दाहालले मुलुकको यो अवस्थालाई र शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउनका लागि नेपाली कांग्रेस नभई नहुने भन्दै आफूले गठबन्धन बदलेर आएको बताउनुभयो । उहाले गिरिजाप्रसाद कोइराला जीवनभर प्रेरणाको स्रोत भैरहने समेत बताउनुभयो ।
उहाले बामपन्थीहरुसँग एकताको कुरा हुँदै गर्दा पनि कांग्रेससँग कहिलेपनि असहमति नरहने समेत बताउनुभयो । उहाले केपी ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको र त्यो सबैलाई काम लागिरहेको बताउनुभयो । उहाले स्वर्गीय कोइरालाप्रति श्रद्धासुमन व्यक्त गर्दै उहा राष्ट्को अभिभावक,शान्ति र लोकतन्त्रको नायक समेत रहेको बताउनु भयो । उहाले सबै नेपालीको र आफ्नो समेत अभिभावक भएको समेत बताउनुभयो । उहाले कोइरालासँगको पहिलो भेटको स्मरण गराउँदै उहाले छोटो रुपमा शान्ति प्रक्रियामा आउन प्रस्ताव गर्नु भएको उल्लेख गर्नुभयो ।
उहाले आफूले कोइरालालाई गणतन्त्रमा आउन आग्रह गरेको स्मरण गराउँदै पहिलो भेटमा नै उहा गणतन्त्रमा आएको अनुभूति भएको बताउनुभयो । गिरिजा प्रसाद कोइरालालाई आफूले पनि विश्वास दिलाएको स्मरण गराउँदै उहाले उहामा देखिएको दुरदर्शीताले नै नेपालमा गणतन्त्र आएको बताउनुभयो । पहिलो भेटदेखि अन्तिम भेटसम्म कुनै पनि दुविधा, अविश्वास, आशका, अस्थिरता नदेखिएको भन्दै उहाले कुनै गल्ली नगरेको र बरु आफूले गल्ती गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले कोइरालाको चाहाना विपरित कार्यगर्दा पनि उहाबाट संरक्षण पाएको समेत बताउनुभयो ।
उहाले आफूले कोइरालालाई पहिलो राष्ट्पति नबनाएर आफूले ठुलो गल्ती गरेको समसुस भएको बताउनुभयो । दाहालले भन्नुभयो, राष्ट्पतिको प्रस्ताव नगर्दा पनि उहाले मलाई विश्वास गर्नुहुन्न कि भन्ने लागेको थियो तर पनि उहाले मलाई कहिल्यै अविश्वास गर्नुभएन । उहाले आफूलाई अस्पतालमा मृत्युसँग जुधिरहेका बेला मलाई एक्लै बोलाएर देशलाई सम्हान आग्रह गर्नुभएको स्मरण गराउँदै आफूले सँधै सम्मान गरिरहने समेत बताउनुभयो ।
उहाले मानिसहरुले हिजाकै व्यवस्था कि भएजस्तो गरि समाजिक सञ्जालमा आउने गरेको स्मरण गराउँदै कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन उर्लेको जसारगरले यति छिट्ै बिर्सने सोचका बारेमा आम प्रश्न रहेको भएपनि हामीहरुले जनता र राष्ट्को अवस्था बदल्न नसकेको भन्दै आफूहरुले आत्म समिक्षा गर्नुपर्ने समेत बताउनुभयो ।
प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुले सहि बाटो पहिल्याउन नसकेको खण्डमा लोकतन्त्र समेत धरापमा पर्ने भन्दै दलहरुबीच आपसी एकता र सहकार्य आवश्यक रहेको समेत बताउनुभयो । उहाले नयाँ रुपमा आएका दलहरुले देश र लोकतन्त्रको संस्थागत विकास गर्न नसक्ने समेत दावी गर्नुभयो ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, कांग्रेस नेतृ सुजाता कोइराला लगायतले स्वर्गीय कोइरालाको राजनीतिक भूमिकाप्रति आ आफ्नो धारणा राखेका थिए .