
बेइजिङ । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गर्नु भएको छ । गत शनिबार चीन भ्रममा जानुभएका ओली बुधबार स्वदेश प्रस्थान गर्नुभएको हो । उहाँ साँझ ८ बजे स्वदेश आइपुग्नुहुने बताइएको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति हान चङ्ग,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
एससिओ शिखर सम्मेलनका दौरान ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । भेटवार्तामा नेपाल र ती मुलुकबिचमा द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल भएको बताइएको छ । शाङ्घाई सहयोग सङ्गठन (ससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी चीन प्रस्थान गरेका थिए ।