
मानिसको इच्छा, क्षमता र तत्परता भयो भने त्यो आवश्यकताका रुपमा स्थापित हुन्छ भन्ने कुरा अर्थशास्त्रहरुले पुष्टि गरिसेका छन् । मानिसमा इच्छा जाग्नका लागि यि तीन प्रकारको मिलन आवश्यता पर्दछ तब मात्र उसमा इच्छााशक्ति जागृत हुन्छ । त्यहि इन्छा शक्तिबाट नै उसले आफ्ना आवश्यकता पूार गर्ने खोजी गर्दछ ।
अर्थशास्त्रको सामान्य नियमसँग राजनीतिका आवश्यकताहरु पनि मेल खाएका हुन्छन् । नेतृत्वतहमा हुनेहरुमा दृढ इच्छाशक्ति जन्मियो भने मात्रै उसले अठोट पूरा गर्न सक्छ । तर हाम्रा देशका शासकहरुमा अति कमा मात्रै त्यस्तो इच्छाशक्ति पलाएको देख्न सकिन्छ । जसको योगदानका कारण आज देश संघीय लोकतान्त्तिक गणतन्त्रमा स्थापित भएको छ । यसरी देश र जनताको बलिदानीबाट स्थापित यो व्यवस्था दृढ इच्छाशक्ति नभएकाहरुको हातमा पुग्दा आज लोकतन्त्र आएको लामो समयसम्म यसले पूर्णता पाउन सकेको छैन् ।
जसका कारण नागरिकमा व्यवस्थाप्रति वितिष्ण सिर्जना हुन थालेको छ । तर यसबीचमा पनि केही आशाका किरणहरु धमिलो मात्रामा भनेपनि देखिन थालेका छन् । देशभरका स्थानीयतहरुमध्ये स्वमूल्याङ्कनमा परेका १० पालिकाका कार्यहरु उत्कृष्ट मान्नुपर्दछ । यि मध्ये नुवाकोटसँग जोडिएका धादिङका दुई पालिकाले उत्कृष्ट नतिजा हात पारेका छन् । धादिङको नीलकण्ठ नगरपालिका देशभरका पालिकाहरुमा प्रथम हुन सफल भएको छ । नीलकण्ठ नगरपालिकाले ९३.५०अंक सहित २०८०।०८१ को नतिजामाप्रथम हुन सफल भएको छ ।
नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भीम ढुंगानाको नेतृत्वमा रहेको नगरपालिकाले संघीय संरचना अनुसारका अधिकांश मापदण्ड पूरा गर्दै देशभर रहेका ७५३ पालिकाहरुमा पहिलो स्थान हासिल गरेको छ । यो अत्यन्त महत्वपूर्ण कुरा हो । सामान्य निष्ठाले यो प्राप्त हुन कठिन छ । हाम्रो जस्तो मुलुक जहाँ स्थायी सत्ताका रुपमा रहेका कर्मचारीहरु जो देश र जनताका लागि वास्तविक रुपमा काम नै गर्दैनन् भन्ने भाष्य छ । यो सत्य नजिक पनि छ ।
अर्कोतर्फ विभिन्न राजनीतिक दलका नाममा खुलेका संघ संगठनहरुको दादागिरी पनि त्यस्तै छ । यि सबै कुरालाई छिचोल्दै निलकण्ठले जसरी ९३ अंक ल्याउन सकेको यो चानचुने कुरा होईन । यसको एकमात्रै लक्ष्य भनेको काम गर्ने दृढ इच्छाशक्ति नै हो । यस्तै धादिङकै अर्को पालिका बेनीघाट रोराड. गाउँपालिकाले पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । उसले ९१.७५ अंकका साथ तेस्रो स्थान प्राप्त गरेको छ । दोस्रोमा चितवनको खैरहनी नगरपालिका भएको छ । उसले ९२.७५ अंक ल्याउन सफल भएको छ ।
लुम्बिनी प्रदशेको तिलोतमा नगरपालिकाले ९१.७५ अंकका साथ देशभरका चौथो नगरपालिका बन्न सफल भएको छ । पाँचौंमा देवदह नगरपालिका रहेको छ । उसले ९०.७५ अंक प्राप्तगरेको छ । छैटौं सुर्योदय नगरपालिका इलामाले ९०.५०,सातौमा ईलाम नगरपालिका ९०.आठौंमा रुरु क्षेत्र गाउँपालिका गुल्मी,९०,नबौंमा बाणगंगा नगरपालिका कपिलबस्तुले ८९.७५,दशौंमा रत्ननगर नगरपालिका चितवनले ८९ र ११ औंमा अर्जुन चौपारी गाउँपालिका स्याड्जाले रहेको छ । उसले ८८.७५ अंकका साथ ११ स्थान प्राप्त गरेको छ । स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूलाई आफूले गरेको प्रगतीका आधारमा स्वमुल्याड.कन गर्दछन् । उक्त स्वमुल्याड्.कन अनुसार भए नभएको संघीय सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको प्रतिवेदन हेरेर नम्बर प्रदान गर्ने गर्दछ ।
सोही आधारमा नै पालिकाको स्तर निर्धारण गर्ने व्यवस्था रहेको छ । देशभरमा ११ स्थानसम्म हासिल गर्ने पालिकाहरुका दुःखपककै कम छैनन् तर पनि त्यहाँको नेतृत्वकोे इच्छा शक्तिले तयो सम्भव भएको हो । गरे के सम्भव छैन भन्ने कुरा यो नतिजाले देखाएको छ । यहाँ त राजनीतिक खिचातानीका कारण धेरै पालिकाहरुले अहिलेसम्म बजेट नै ल्याउन सकेका छैनन् । ल्याएकाहरुको पनि पारदर्शी रुपमा खर्च भएको छैन् ।
स्थानीय तहमा धेरै बेरुजु देखिएको छ । भ्रष्टाचारमा त अख्तियार र राष्ट्यि सतर्कता केन्द्रले पहिलो नम्बरमा नै राखेको छ । के कारण यो अवस्था आयो त ? आम राजनीतिक नेतृत्वले गम्भीर समिक्षा गर्ने बेला भएको छ । स्थानीय तह बलियो भएमात्रै संघीयता बलियो हुन सक्छ । स्थानीय सरकारलाई पहिला बलियो र पारदर्शी बनाउन आवश्यक छ । यसका लागि नेतृत्वमा रहनेहरुले दृढ इच्छा शक्तिकाकासाथ काम गरौं,सफलता टाढा छैन् । उत्कृष्ट पालिकाहरुलाई हार्दिक बधाई ।