
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच भूतपूर्व विद्यार्थी मञ्चका तर्फबाट पुर्व विद्यार्थी एवं बेलकोटगढी ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डेले विद्यालयका प्रधानाध्यापक अशोक कर्णलाई फोटोकपी मेसिन हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष प्रकाशजंग पाण्डे लगायतका अतिथि सहभागिहरु
नुवाकोट । नुवाकोटको बेलकोटगढी ११ मा रहेको पञ्चकन्या माविलाई आवस्यक शैक्षिक सामाग्री हस्तान्तरण भएको छ । भूतपूर्व विद्यार्थी मञ्च लगायत संस्थाले विद्यालयलाई आवस्यक प्रिन्टर, स्टेशनरी, विद्यार्थीका लागि पोशाक लगायत शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच भूतपूर्व विद्यार्थी मञ्चका तर्फबाट पुर्व विद्यार्थी एवं बेलकोटगढी ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डेले विद्यालयका प्रधानाध्यापक अशोक कर्णलाई फोटोकपी मेसिन हस्तान्तरण गरेका छन् । हाल विद्यालयमा शिक्षक समेत रहेका मञ्चका महासचिव ठाकुरजंग पाण्डेको पहलमा विद्यालयलाई प्रिन्टर सहितका सामाग्री प्राप्त भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपी पाण्डे, सदस्य रामचन्द्र राना, जयन्ती तामाङ मञ्चका बरिष्ठ उपाध्यक्ष राजुमान लामा, सदस्य प्रशान्तजङ पाण्डे ,सुजन रेग्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डेले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत तर्फबाट विद्यालयलाई आवश्यक पर्ने स्टेसनरी सामाग्री समेत हस्तान्तरण गरेका छन् ।

यसैविच, साथै सोही कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कलेज अफ म्यानेजमेन्ट कुसुम फेष्टिवल २०२३ को तर्फबाट विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक प्रदान गरिएको छ । विद्यालय सहयोग कार्यक्रमका संयोजक इच्छुक पौडेलसहित ,साकार शर्मा र समिन अर्यालमार्फत विद्यालयलाई सरसफाई सामग्री तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष पाण्डेले विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आफ्नो तर्फबाट सहयोग निरन्तर रहने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोक कर्णले विद्यालयको शैक्षिक सुधारका लागि आवस्यक सामाग्री उपलब्ध गराएकोमा संघसंस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग निरन्तरताको अपेक्षा ब्यक्त गरे ।
Enter