
काठमाडौँ । प्रतिपक्षी दलको भूमिकामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी संगठनलाई बलियो बनाउने भन्दै संगठन विस्तारलाई महत्व दिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक निर्णय गरेको थियो । सोही निर्णय अनुसार अध्यक्ष लिङ्देनले गर्नु भएको हस्ताक्षर पत्रमा “नवीन राप्रपा–२०८०” को कार्ययोजना कार्यान्वयन गर्न सात वटै प्रदेशमा प्रदेश संयोजक तोकिएको उल्लेख छ ।
अध्यक्ष लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङ– मधेस प्रदेश संयोजक, विक्रम पाण्डे–बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधान–गण्डकी प्रदेश संयोजक, रवीन्द्र मिश्र– लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरी – कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वव पौडेलले सुदूरपश्चिम प्रदेश संयोजकको तोक्नु भएको छ । पछिल्लो समय राप्रपा एमालेसँगको सहकार्यमा अग्रसर रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा प्रतिपक्षी दलको भूमिकामा रहेको छ । उसले आगामी २०८४ को आम निर्वाचनलाई मध्यनजर राख्दै संगठन विस्तारमा क्रियाशिल हुने निर्णय गरेको छ