
काठमाडौँ । नेपाली कांग्रेसभित्र पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने विषयमा लामो रस्सकाकस्सीपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ । पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो पार्टी केन्द्रीय कार्यालयमा १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले एक विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
झण्डै एक वर्षपछि बस्न लागेको बैठकमा पार्टी पुनरसंरचनासहित भातृ संस्थाहरुको गठन, पर्टीको विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता र कोषाध्यक्ष मनोनयन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक बस्न नसकेको बेला पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो ।
पार्टी केन्द्रीय समितिको बैठकको माग गर्दै केही दिनअघि कांग्रेस नेताहरुले पार्टी केन्द्रीय कार्यालयमा निवेदन समेत दर्ता गराएका थिए । गत वैशाखमा ३० गते सम्पन्न भएको निर्वाचनपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । पार्टीका युवा नेताहरुले भने पार्टीको निर्णय विना पार्टी रुपान्तरणको नाममा भेला तथा छलफल गर्दै हिडेका थिए ।
नेतृत्वको आलोचना गर्दे नेताहरु जिल्ला जिल्लामा पुगेपछि त्यसको पार्टीभित्रै बाट आलोचना भएपछि रुपान्तरणको मुद्दा स्थगित गरिएको थियो । यसैबीच कांग्रेसले पार्टीको सदस्यता वितरणका विषयमा जिल्ला सभापतिहरुको बेला बोलाएको छ । भोलि पार्टी कार्यालयमा सभापतिहरुसँग अनलाईन सदस्यता वितरणका विषयमा पार्टी महामनत्री गगन थापासहितका नेताहरुले छलफल गर्ने बताइएको छ । जिल्ला सभापतिहरुको भेलामा अन्य विषयमा भने छलफल नहुने नेताहरुले बताएका