
काठमाडौँ । माध्यमिक शिक्षा अन्र्तरत कक्षा १० को एसइई परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्यि परीक्षा बोर्डको आज बसेको बैकले एसइई परीक्षा २०७९ को नतिजा सार्वजनिक गरेको हो । अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ ।
साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।
परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए .
परीक्षामा २२ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४ जीपीए अंक ल्याएका छन्। । जसमा ३.६० देखि ४ जीपीए अंक ल्याउने विद्यार्थी २२ हजार ४७५ जना रहेका छन्। यो ४.६३ प्रतिशत हो। त्यस्तै, ३.२० देखि ३.६० जीपीए अंक ल्याउने विद्यार्थी ५५ हजार ६९ छन्। यो ११.३६ प्रतिशत हो।
नुवाकोटबाट ४२ सय ४६ विद्यार्थी सहभागि
यस वर्षको एसईइ परीक्षामा नुवाकोट जिल्लाबाट सहभागि भएका विद्यार्थीहरु मध्येबाट शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका परीक्षा शाखा प्रमुख सम्झाना थपलीयाका अनुसार अनुसार जिल्लामा २४ वटा केन्द्रबाट ४ हजार २ सय ४६ जना बिद्यार्थीहरुले परीक्षामा सहभागिता जनाएका थिए । जिल्लामा यसवर्ष साधारण समुह तर्फ ४ हजार ६७ जना र प्राबिधिक समुह तर्फ १ सय ४९ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसैगरी ग्रेडबृद्धिका लागि ३० जनाले परीक्षा दिएका थिए । २४ परिक्षा केन्द्रहरु मध्ये सबैभन्दा धेरै बिद्यार्थी रुक्मिणी माध्यामिक बिद्यालय समुन्द्रटार केन्द्रबाट २ सय ५७ जना बिद्याथीले परीक्षा दिएका थिए भने ज्ञानज्योति माध्यामिक बिद्यालय फिकुरीबाट ८९ जना बिद्यार्थीले परीक्षा दिएका थिए। प्राबिधिक तर्फका १ सय ४९ जना बिद्यार्थीहरुको लागी पृथ्वी माध्यामिक बिद्यालय र ग्रेड बृद्धितर्फका ३० जना बिद्यार्थीहरुको लागी त्रिभुवन त्रिशुली माध्यामिक बिद्यालय त्रिशुली परीक्षा केन्द्र तोकिएको थियो ।
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।