
काठमाडौ । सूचना तथा प्रशारण विभागले आर्थिक वर्ष २०८०।०८१ का लागि कर्मचारी विवरण बुझाउनका लागि सूचना जारी गरेको छ । कार्यालयले जारी गरेको सूचनामा पाँच जना भन्दा बढि कर्मचारी तथा पत्रकार भएको सञ्चार संस्थाले अनिवार्य रुपमा पे रोलसहित बैंकका तलब भुक्तानि गरेको विवरण पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै विभागले पाँच जना भन्दा कम पत्रकार भएका स्वरोजगारमुलक मिडियाहरुले पनि एक वर्षसम्म प्रतिवद्धता पत्र र अर्को वर्षबाट अनिवार्य रुपमा पे रोलसहित तलबी विवरण बैंकले पुष्टि गरेको कागजात समेत बुझाउनु पर्ने उल्लेख गरेको थियो । विभागको उक्त निर्णयका विरुद्ध पत्रकारसँग आवद्ध संघ संस्थाहरुको दवावपछि पुन उक्त प्रक्रियालाई हटाएर प्रतिवद्धतापत्र मात्रै बुझाए हुने सूचना जारी गरेको छ ।
विभागको उक्त निर्णयले स्वरोजगार मुलक मिडियालाई भने केही सहज भएको छ । यसअघि तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकालमा पाँच जनासम्म पत्रकार, कर्मचारी भएका सञ्चार संस्थाले पनि अनिवार्य पे रोल बुझाउनु पर्ने नियम बनाएका थिए । तर त्यतिबेला पनि पत्रकारहरुको दावपछि उक्त निर्णय सच्याइएको थियो । मुलुकमा झण्डै ३ हजार स्वरोजगार मुलक मिडियाहरु रहेका छन् ।