
Oplus_131072
१६ असोज, नुवाकोट । नुवाकोटमा मन्दिर दर्शन गरेर फर्किदा भीरबाट लडेका एक जनाको निधन भएको छ । नुवाकोट प्रहरीका प्रवक्ता डिएसपी विक्रम लामाका अनुसार बगेश्वर मन्दिर दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेका सूर्यगढी गाउँपालिका वडा नम्बर २ का रामशरण अधिकारीको उपचारका क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।

भीरबाट झण्डै ६० मिटर तल खसेर टाउको गम्भीर चोट लागेका ४५ वर्षीय अधिकारीलाई लगत्तै अस्पताल पुर्याइएको थियो । चिकित्सले अधिकारीको निधन भएको जानकारी दिएका थिए ।