
पार्टी सभापति शेरबहादुर देउवा निवासमा सामुहिक फोटो चिच्दै तरुण दलमा मनोनित भएका केन्द्रीय सदस्यहरु
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाले तरुण दलमा मनोनित भएका केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन् । सभापति देउवाले आज आफ्नो निवास धुम्बाराहीमा केन्द्रीय सदस्यमा मनोनित भएका तरुण युवाहरुलाई देउवाले बधाई तथा शुभकामना दिएका हुन । शेखर कोइरालाले भने हिजो केन्द्रीय सदस्यहरुलाई बोलाएर बधाई दिनुभएको थियो ।
सभापति देउवाले तरुण दलका अध्यक्ष विद्धान गुरुड.को अध्यक्षतामा रहेको कार्यसमितिमा झण्डै चार सय युवाहरुलाई केन्द्रीय तदर्थ समितिमा मनोनित गर्नुभएको थियो । देउवाले नेता शेखर कोइरालाको सहमतिमा तरुण दलमा सदस्य मनोनित गर्नुभएको थियो । नेपाल तरुण दल लामो समयदेखि निश्क्रिय रहँदै आएको थियो । पछिल्लो समय पार्टीलाई चलायमान र संगठित गर्ने भन्दै कांग्रेसले भातृ संस्थाहरुलाई समेत क्रियाशिल बनाउँदै लगेको छ ।

कोइराला निवासमा सामुहिक फोटो चिच्दै डा. शेखरसहित तरुण दलमा मनोनित भएका केन्द्रीय सदस्यहरु तस्बिर ः सुमन गिरी
पार्टीको केन्द्रीय समितिको बैठक बस्ने अघिल्लो दिन सभापति देउवा र शेखर कोइरालाले तरुण युवाहरुलाई बोलाएर बधाई दिनुले देउवा र कोइरालाप्रति सकारात्मक सन्देश गएको नेताहरुले बताएका छन् । सो अवसरमा सभापति देउवा र नेता कोइरालाले संगठन विस्तारमा लाग्न तरुण युवाहरुलाई निर्देशन दिनुभएको नुवाकोटबाट तरुण दलका केन्द्रीय सदस्यमा मनोनित हुनुभएका सुमन गिरीले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो ।

देउवा र कोइरालाले बोलाएको उक्त कार्यक्रममा तरुण दलमा मनोनित भएका अघिकांश तरुण नेताहरु सहभागि भएका थिए । दुवै नेताले तरुण दलका युवाहरुलाई बोलाएर बधाई दिनुले कांग्रेसमा देउवा पछि कोइरालाले आफ्ले लिगेसी सोभ्m्याउन खोजेको सन्देश पनि गएको छ । पार्टीका महामन्त्रीहरुले नेतृत्व लिने कसरत गरिरहेका बेला देउवा र कोइरालाको यो अभियानप्रति भने सशकित बनेका छन् ।