
फाइल तस्बिर ः गुगल
काठमाडौँ । मनाङ एयरको कल साइन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा हुँदा चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुमा भएको मनाङ एयरको कल साइन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परेको हो ।
चालक दलका सदस्यसहित ६ जना सवार रहेको हेलिकप्टरमा रहेका एक जना भने हराइरहेका छन् । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँका दागि उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीका अनुसार दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जनाको शव भेटिएको छ ।
मृत्यु हुनेमा चार जना म्याक्सिकोका नागरिक रहेको बताइएको छ । सो हेलिकोप्टरमा म्याक्सिकोका नागरिक सवार थिए । उद्धार कार्यका लागि स्थानीयवासीसहित सुरक्षा निकायका जनशक्ति समेत परिचालन गरिएको जनाइएको छ । काठमाडौँबाट गएका दुई हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटना स्थलबाट करिब दुई घण्टा दुरीको उपयुक्त स्थलमा अवतरण गरेका भएको र स्थलगत रुपमा हेलिकोप्टर अवतरण गरेको स्थलसम्म शव लगेर त्यहाँबाट ती शव काठमाडौँ ल्याइने काम भैरहेको जनाइएको छ ।
सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी कलसाईन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ । केही समयअघि पोखराका लागि उडेको हेलिकल्पटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित नौ जनाएको मृत्यु भएको छ । नेपालमा पछिल्लो समय हेलिकल्पटर दुर्घटनाका कारण दर्जर्नौ मानिसहरुले ज्यान गुमाउनु परेको भएपनि यसको रोकथामका लागि चालिएका कदमहरुले पनि काम गरेको देखिदैन ।