
शुकदेव दाहाल
काठमाडौं । झण्डै एक वर्षपछि आज बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकलाई ऐतिकासिक बनाउने उदेश्यकासाथ त्यसको तयारी गरिएको छ । बैठकलाई ऐतिहासिक बनाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्ने एजेण्डा तयार गर्ने बताइएको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका पदाधिकारी बैठकमा सभापति देउवाले पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा स्पष्ट खाकासहित बैठकमा ऐजेण्डासहित प्रस्तुत हुन महामन्त्रीहरुलाई निर्देशन दिएको कांग्रेसका एक पदाधिकारीले नुवाकोट पुकार डटकमलाई बताउनुभयो । उहाले महामन्त्रीहरुले पार्टीमा रुपान्तरणसहित यसलाई नयाँ ढंगले अगाडि बढाउने करा गरिरहनु भएको छ, उहाहरुले प्रस्तुत गर्ने खाकाले कांग्रेस कसरी अगाडि बढ्छ भन्ने मार्ग तय गर्ने बताउनुभयो ।
उहाले महामन्त्रीद्धयको यो अग्निपरीक्षाको घडि भएको समेत बताउनुभयो । बैठकको ऐजेण्डाका विषयमा आज बिहान ८ बजे पार्टीका पूर्व पदाधिकारीसहितको बैठक बस्दैछ । बैठकले केन्द्रीय समितिमा पेश गरिने ऐजेण्डा तय गर्ने सहमाहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।
एक वर्षपछि बस्न लागेको बैठक भएकाले पार्टीमा धेरै कुरा छलफल हुने र त्यसलाई स्पष्ट कार्यान्वयसहित आगडि बढाउने ढंगले निर्णय हुने भएकोले यो बैठक ऐतिहासिक हुने उहाको भनाई रहेको छ । कांग्रेस स्रोतका अनुसार केन्द्रीय समितिको बैठकमा पार्टीको विधान महाधिवेशनदेखि भातृ संस्थालाई पूर्णता, केन्द्रीय समितिका सदस्य मनोनित, विभागहरुको गठन र पार्टीलाई जनस्तरसम्म पुर्याउने विषयमा गम्भीर छलफल हुने ।
यस्तै बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि समय निर्धारण गर्ने बिषयम आज बिहान नै छलफल हुने छ भने बैठकमा पार्टीको विधानमा व्यवस्था भए अनुसार महामन्त्रीहरुले पार्टीको ऐजेण्डा सार्वजनिक गर्नु हुनेछ । स्रोतका अनुसार बैठकमा निर्वाचनपछिको राजनीतिक घटनाक्रम, पार्टीका नेताहरुमाथि लागेको भ्रष्टाचारको आरोप,सरकार गठन,संगठन विस्तार र अनलाइन मार्फत साधारण सदस्य वितरणका विषयमा पनि छलफल हुने हुनेछ ।

फाइल तस्बिर
महामनत्रीद्धयले हालै सम्पन्न भएको जिल्ला सभापतिहरुको भेलाको विषयमा पनि जानकारी गराउने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसमा पछिल्लो समय गुटगत भेलाहरु बढिरहेका बेला ति सबैलाई समेटेर एक बनाउने विषयमा छलफल हुँदैछ । पार्टी रुपान्तरणको मुद्दा बोकेर जिल्ला जिल्ला दौडनेदेखि देउवालाई नेतृत्वबाट हटाउने रणनीतिमा लागेकाहरुको योग्यता, क्षमता र हैसियत समेत यो बैठकले देखाउने अनुमान छ ।
पार्टीमा यि सबै विषय छलफल भएर एउटा निचोडमा पुग्ने नेताहरुले बताएका छन् जसले यसले कांग्रस एक भएको सन्देश जाने पनि बताइएको छ । बैठकमा महामन्त्रीहरुले भने जस्तो विशेष महाधिवेशनको कुरा उठ्छ कि उ्दैन भन्ने आम चासो समेत रहेको छ । पार्टी महामन्त्री गगन थापाले पार्टीमा विशेष महाधिवेशन गरेर देउवालाई सभपातिबाट हटाउने रणनीति बनाएको भएपनि उहालाई कति केन्द्रीय सदस्यले साथ दिनेछन् त्यसले पनि गगन थापाको पार्टीभित्रको राजनैतिक हैसियत स्पष्ट हुने अवस्था छ ।
यस्ता तमाम विषयकाबीच सभापति देउवाले भने पार्टीका नेता शेखर कोइरालालाई वरिष्ठ नेताहरुको रुपमा प्रस्ताव गर्ने समेत तयारी गर्नु भएको छ । देउवाले शेखरको साथसँगै पार्टीलाई अघि बढाउने रणनीतिकासाथ अघि बढ्ने योजनामा रहेको आम रुपमा अनुमान रहेको छ । देउवाले आगामी पार्टीको १५ औं महाधिवेशनमा शेखर कोइरालालाई पार्टी जिम्मा लगाएर आफू वरिष्ठ नेताको हैसियतका रहने सोचमा रहनु भएको छ ।
यो बैठकले कोइरालालाई बरिष्ठ नेताको रुपमा स्वीकार भयो भने बजारका आएका अनुमान सहित हुने छन् । जे होस् मुलुकको लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई शुद्धिकरण र रुपान्तरण दुवै गरेर गएको खण्डमा आगामी दिनमा जनताले फेरि कांग्रेसलाई स्वीकार गर्नेमा दुई मत छैन ।