
जे.बी. लवाडी कार्यकाली निर्देशक, मनास्लु स्कुल, कलेज
काठमाडौ । राजधानीको नयाँबजारमा रहेको मनास्लु कलेजले आफूलाई एकेडेमिक हब अर्थात शैक्षिक गन्तव्यका रुपमा नै अघि बढाउने योजनासहित सक्रियता बढाएको छ । १५ वर्ष आढि स्थापना भएको कलेजले पछिल्ला दिनमा विद्यार्थीको रोजाई अनुसारको वातावरण तयार पार्दै लगेका छ ।
सर्वुभल मुल्यमा , अतिरिक्त क्रियाकलापसँगै अनुशासित र पारिवारिक वातावरण आफ्नै भवनबाट विद्यार्थीलाई अध्यापन गराउँदै आएको कारण पनि मध्यम वर्गाीय विद्यार्थीहरुको रोजाईमा मनास्लु कलेज परेको छ । उसले विद्यार्थीहरुलाई कक्षा कोठामा थुनेर पढाउने मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत सहभागि गराउने योजनासहित विद्यार्थीहरुलाई अतिरित्तः क्रियाकलापमा सहभागि राउने क्यालेण्डर समेत तयार गरेको छ । कक्षा ११ को भर्ना अभियानका क्रममा कलेज प्रशासनले कक्षा कोठामा मल्टिमिडिया राख्ने व्यवस्था समेत मिलाएको छ ।
नुवाकोट पुकारसँग कुराकानी गर्दै कलेजका कार्यकारी निर्देशक जेवी दवाडीले प्राक्टिकली रुपमा कसरी आगाडि बढाउन सकिन्छ, उनीहरुले अध्ययनमा कसरी सहजीकरण गर्न सक्छन् र उनीहरुलाई कसरी नयाँ ढंगले शिक्षा दिन सक्छौ भनेर कक्षामा प्राक्टिकल बेसमा हुने इसिए र सिसिएको कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाले मनास्लुले यसपालीबाट छुट्टै पहिचान स्थापित गरेर अगाडि बढिरहेको अनुभुव स्वय्म विद्यार्थीहरुले समेत गरेको उल्लेख गर्नुभयो । उहाले नयाँ जेनेरेशनलाई टार्गेट गरेर कलेज सञ्चालन भएको पनि बताउनुभयो ।
कार्यकारी निर्देशक दवाडीले प्लस टु भनेको विद्यालय शिक्षा नै भएकाले अध्ययन गर्नुअघि कलेजको क्रियाकलाप कस्तो छ, जनशक्ति कस्तो छ,त्यहाँ भित्रको सुरक्षासँगै त्यहाको फाउण्डेशन त्यो अनुरुप छ कि छैन, विद्यार्थी मैत्री वातावरण छ कि छैन भन्ने बुझ्नु जरुरी रहेको सुझाव दिँदै त्यसका निमित्त आफूलाई जुनसुकै विषय पढेपनि यो बाटो पछ्याउँदा शैक्षिक गन्तव्यमा पुग्न सक्छु भन्ने कुरामा ढुक्क भएर मात्रै कलेज भर्ना हुन पनि विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।
सर्वसुलभ रुपमा अतिरिक्त क्रियाकलापकासाथै पारिवारिक रुपमा अध्ययन हुने र भेगीइ हिसावले पनि धादिड., नुवाकोट, गोर्खा, चितवन, काभ्रे लगायतका क्षेत्रबाट अध्यापनका लागि बिद्यार्थीहरु आउने गरेको कलेजले जनाएको छ ।