
अनुदान रकम वितरणपछि नगरपालिकामा नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी,प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार खनालसहित अनुदान प्राप्त युवाहरुको संयुक्त फोटो सेसन ः तस्बिर ? सुरज सिलवाल
विदुर । विदुर नगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई अनुदान स्वरुप आर्थिक सहयोग गरेको छ । विदुर नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको लागी उद्यमशील प्रर्वद्धन कार्यक्रम अन्र्तरगत नगरपालिकाले यस्तो प्रकारको सहयोग गरेको हो ।
नगरपालिका कार्यालयमा आज बिहीबार आयोजित एक कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठले ३३ जनालाई ४१ हजार रुपैयाँको दरले चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले आवश्यकताको आधामार सिपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने लक्ष्य रहेको धारणा राख्नुभएको थियो । उहाले आफूहरुले सहयोग गरेको रकम थोरै भएपनि यसको सहि रुपमा सदुपयोग गर्न र रोजागारमुलक क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।

अनुदान रकम वितरणपछि नगरपालिकामा नगर प्रमुख राजन श्रेष्ठ, मन्तव्य राख्दै
कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनाल, विदुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष विभिन्न वडाका वडाध्यक्ष गणेश नेपाल लगायतका अन्य जनप्रतिनिधि एवं रोजगार सेवा केन्द्रका कर्मचारी तथा अनुदानका लागि वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो । नगरपालिकाले पहिलो चरणमाा ३३ जनालार्ई सहयोग गरेको जनाइएको छ .