
कार्यक्रमको शिलान्यास गर्दै उपप्रमुख शिव प्रसाद दाहाल ः तस्बिर ः श्याम कुमार पुडासैनी
बिदुर । नुवाकोट जिल्ला दोस्रो नगरपालिका बेलकोटगढीस्थित कुमरी खोलामा ‘स्टील ट्रस ब्रिज’ बन्ने भएको छ । बेलकोटगढी वडा नं २ मा रहेको कुमरी खोलामा नगरपालिकाको २७ लाख १२ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।
उक्त पुलको आज बिहीबार आयोजित एक कार्यक्रमकाबिच नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले शिलान्यास गर्नुभयो । कार्यक्रममा उपप्रमुख दाहालले जग खनिएको स्थानमा ढुंगा राखेर शिलान्यास गर्नुभएको थियो । प्रमुख अतिथिका रुपमा रहनु भएका दाहालले पछिल्लो समय नगरपालिकासँग माग भए अनुसारको योजनाका लागि रकम नभएपनि प्राथमिकताका आधारमा नगरको विकासमा लागि आफूहरु क्रियाशिल रहेको बताउनुभएको थियो ।
उहाले बिकासका लागि पूर्वाधार बिकास महत्वपूर्ण रहेको बताउँदै बिकास निर्माणका काममा नागरिकको निरन्तरको पहरेदारीले मात्रै गुणस्तरीइ काम हुनेमा जोड दिनुभएको थियो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सिना, एमाले नगर अध्यक्ष रुपा सापकोटा, पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन न्यौपाने लगायतले पुल निर्माणले उक्त क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने धारणा राखेका थिए ।