
काठमाडौं । निर्वाचन आयोगले समयमा लेखा परिक्षण नबुझाउने राजनीतिक दलहरुलार्य जरिवाना तोकेको छ । आयोगको आज बसेको बैठकले राजनीतिक दलले आ.व. २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आयोगमा प्राप्त भएको तर आयोगले तोके बमोजिम आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन तोकेको समयावधि भित्र सार्वजनिक गरी सोको जानकारी आयोगमा पेश नगर्ने ३९ (उन्नचालीस) राजनीतिक दललाई रु. ७,०००।– (सात हजार) रुपैयाँका दरले जरिवाना गर्ने र सो आ.व. को लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी ७ (सात) दिनभित्र आयोगमा पेश गर्न आदेश दिने निर्णय गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक बर्ष समाप्त भएको ६ (छ) महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र सो लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरी सार्वजनिक गर्नु पर्ने कानूनी व्यवस्था रहेको स्मरण गराउँदै आयोगले कानुनमा व्यवस्था भए बमोजिम नगर्ने राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५४ बमोजिम निम्नानुसार सचेत गराउने तथा जरिवाना गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ । बैठकले आर्थिक बर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने ८२ (बयासी) राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र विभिन्न माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सोको जानकारी आयोगमा गराउन आयोगबाट सूचना प्रकाशन तथा पत्राचार गरिएकोमा समयभित्रै लेखापरीक्षण प्रतिवेदन पेश गर्ने ८२ (बयासी) दलहरूमध्ये ४३ वटा वटा दलले बुझाएको उल्लेख गरिएको छ ।
त्यसैगरी बुँदा नं. १ बमोजिमका विभिन्न राजनीतिक दल मध्ये १२ (बाह्र) राजनीतिक दलले तोकिएको समयसिमा व्यतित भएपछि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सोको जानकारी आयोगमा उपलब्ध गराएकोले त्यस्ता दलहरूलाई अब उप्रान्त लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दा आयोगले तोकेको समयसिमा भित्रै सार्वजनिक गर्न सचेत गराउने निर्णय पनि गरिएको छ । आयोगले आर्थिक बर्ष २०७७÷७८ र २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने ५ (पाँच) राजनीतिक दललाई कानुन बमोजिम स्पष्टीकरण पेश गर्न आदेश दिइएकोमा २ (दुई) राजनीतिक दलले तोकिएको समयभित्र स्पष्टीकरण सहित लेखापरीक्षण प्रतिवेदन पेश गरेका गरेको र ती दलहरूले पेश गरेको स्पष्टीकरण व्यहोरामा उल्लेख गरेका आधार र कारण चित्तबुझ्दो नदेखिएकोले अब आइन्दा कानुनले तोकेको समयसिमा भित्रै लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्न र स्पष्टीकरण सहित आयोगमा पेश भएको लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी ७ (सात) दिनभित्र आयोगमा पेश गर्न आदेश दिई प्रत्येक दललाई रु १५,०००।– (पन्ध्र हजार) रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी सोधिएको स्पष्टीकरणको जवाफ तोकिएको समयभित्र पेश नगर्ने बाँकी ३ (तीन) राजनीतिक दललाई कानुन बमोजिम रु. २०,०००।– (बीस हजार) रुपैयाँका दरले जरिवाना गरी त्यस्ता राजनीतिक दललाई ६ (छ) महिनाभित्र दलको आय व्ययको लेखापरीक्षण गराई सार्वजनिक गरी सोको जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने । आ.व. २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयभित्र पेश नगर्ने १६ (सोह्र) राजनीतिक दललाई स्पष्टीकरण सोधिएकोमा तोकिएको समयावधि भित्र ८ (आठ) राजनीतिक दलबाट स्पष्टीकरण पेश भएकोमा पेश भएको स्पष्टीकरणको व्यहोरा चित्तबुझ्दो नदेखिएकोले ४ (चार) राजनीतिक दललाई रु. १०,०००।– (दश हजार) रुपैयाँका दरले जरिवाना गरी लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सार्वजनिक गर्न र सोको जानकारी ७ (सात) दिनभित्र आयोगमा पेश गर्न आदेश दिइएको त्यसैगरी तोकिएको समयभित्र स्पष्टीकरण पेश गर्ने तर सो आ.व. को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने बाँकी ४ (चार) राजनीतिक दललाई रु. १५,०००।–(पन्ध्र हजार) रुपैयाँका दरले जरिवाना गरी ती दलहरूलाई ६ (छ) महिनाभित्र दलको आय व्ययको लेखापरीक्षण गराई सार्वजनिक गरी सोको जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने निर्णय गरिएको छ ।
साथै, कानुन बमोजिम आफ्नो दलको आय र व्ययको लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने र सोको कारणसहित स्पष्टीकरण पनि पेश नगर्ने बाँकी ८ (आठ) राजनीतिक दललाई रु. २०,०००।– (बीस हजार) रुपैयाँका दरले जरिवाना गर्ने र त्यस्ता दललाई ६ (छ) महिनाभित्र दलको आय व्ययको लेखापरीक्षण गराई सार्वजनिक गरी सोको जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने । आयोगले आर्थिक बर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन कानूनले तोकेको समयावधि व्यतित भएपछि पेश गर्ने ९ (नौ) राजनीतिक दललाई स्पष्टीकरण सोधिएकोमा तोकिएको समयावधि भित्र स्पष्टीकरण पेश गर्ने ८ (आठ) राजनीतिक दलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले रु. ७,०००।– (सात हजार) का दरले जरिवाना गरी पेश भएको सो आ.व. को लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने निर्णय पनि गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसै गरी तोकिएको समय भित्र स्पष्टीकरण पेश नगर्ने बाँकी १ (एक) राजनीतिक दललाई रु. १०,०००।– (दश हजार) रुपैयाँ जरिवाना गरी सो आ.व. को लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने ।
बुँदा नं। १ सँग सम्बन्धित ४३ राजनीतिक दलहरु
क्र।स। दल दर्ता नं। लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको मिति राजनीतिक दलको नाम कैफियत
१ १३० २०८०र२र५ नेपालका लागि नेपाली पार्टी
२ ३८ २०८०र१र३१ नेपाली काँग्रेस
३ ९९ २०८०र१र२९ राष्ट्रिय जनमुक्ति पार्टी
४ १५२ २०८०र१र२८ मौलिक जरोकिलो पार्टी
५ १३४ २०८०र१र३१ नेपाली काँग्रेस ९बी।पी।०
६ १२१ २०८०र२र२ मंगोल नेशनल अर्गनाइजेशन
७ ७० २०८०र२र२ देशभक्त समाज
८ १५९ २०८०र२र१ जनता समाजवादी पार्टी, नेपाल
९ १७६ २०८०र२र२ नेपाल जनएकता पार्टी
१० २१ २०८०र२र३ आधुनिक नेपाल समाजवादी पार्टी
११ १९ २०८०र२र१ नेपाल परिवार दल
१२ ८ २०८०र२र४ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
१३ १५० २०८०र२र३ जनमत पार्टी
१४ १४९ २०८०र२र३ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१५ ५९ २०८०र२र४ नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी
१६ ३७ २०८०र२र४ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०
१७ ३४ २०८०र२र४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१८ २८ २०८०र२र३ नेपाल कम्युनिष्ट पार्टी
१९ १३८ २०८०र२र३ विवेकशील साझा पार्टी
२० १६ २०८०र२र३ राष्ट्रिय प्रजातन्त्र पार्टी
२१ १५ २०८०र२र४ नेपाल जनता पार्टी
२२ १७८ २०८०र२र४ आम जनता पार्टी
२३ १८७ २०८०र२र३ राष्ट्रिय स्वतन्त्र पार्टी
२४ १७० २०८०र२र४ नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी०
२५ १७३ २०८०र२र४ राष्ट्रिय जनता पार्टी नेपाल
२६ ११ २०८०र१र२९ नेपाल समावेशी पार्टी
२७ १४६ २०८०र२र३ नेपाल लोकतान्त्रिक पार्टी
२८ ६९ २०८०र२र३ लोकदल
२९ १६१ २०८०र२र१ सचेत नेपाली पार्टी
३० ५१ २०८०र२र२ नेपाल समाजवादी काँग्रेस
३१ १ २०८०र२र१७ नेपाल मजदुर किसान पार्टीँ
३२ १५४ २०८०र२र७ नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवादी पुष्षलाल०
३३ ३२ २०८०र२र४ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी०
३४ ५ २०८०र२र१७ एकीकृत शक्ति नेपाल
३५ १६७ २०८०र१र२७ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
३६ ४७ २०८०र२र२५ नयाँ पार्टी, नेपाल
३७ १५६ २०८०र२र२१ किरात खम्बुवान साझा पार्टी
३८ ४१ २०८०र२र२१ राष्ट्रिय जनमोर्चा
३९ ७३ २०८०र२र२३ मितेरी पार्टी, नेपाल
४० १६६ २०८०र२र१८ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०
४१ ८० २०८०र२र२३ राष्ट्रिय विकास पार्टी
४२ ७ २०८०र२र७ चुरेभावर लोकतान्त्रिक पार्टी
४३ १६० २०८०र३र४ जनताको जनवादी पार्टी, नेपाल
ख। बुँदा नं। १ सँगै सम्बन्धित रु ७,००० जरिवाना गरिएका ३९ राजनीतिक दलहरु
क्र।स। दल दर्ता नं। राजनीतिक दलको नाम कैफियत
१ २ नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवादी लेनिनवादी०
२ १० राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
३ १३ राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
४ २० मधेश तराई फोरम
५ २३ नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टी
६ २५ नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवादी०
७ ३१ मधेशी जनअधिकार फोरम मधेश
८ ४४ बहुजन शक्ति पार्टी
९ ४८ खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
१० ५७ नेपाल सुकुम्बासी पार्टी ९लोकतान्त्रिक०
११ ५८ बहुजन समाज पार्टी नेपाल
१२ ६३ नेपाली जनता दल
१३ ६४ राष्ट्रवादी एकता पार्टी
१४ ६७ तामाङसालिङ लोकतान्त्रिक पार्टी
१५ ७८ अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
१६ ७९ संघीय विकासवादी पार्टी नेपाल
१७ ८४ राष्ट्रिय एकता मञ्च
१८ ८५ जनजागरण पार्टी नेपाल
१९ ९७ राष्ट्रिय नागरिक पार्टी
२० १०० जनसमाजवादी पार्टी, नेपाल
२१ १०६ राष्ट्रवादी युवा मोर्चा
२२ ११० नेपाल समाजवादी पार्टी ९लोहियावादी०
२३ १११ इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल
२४ ११४ आमूल परिवर्तन मसिहा पार्टी नेपाल
२५ ११९ जन प्रजातान्त्रिक पार्टी, नेपाल
२६ १२२ नेपाल संघीय समाजवादी पार्टी
२७ १२५ राष्ट्रिय समाजवादी पार्टी नेपाल
२८ १४० सामाजिक लोकतान्त्रिक पार्टी
२९ १४१ प्रजातान्त्रिक पार्टी नेपाल
३० १४२ नेपाल मातृभुमि पार्टी
३१ १५३ माओवादी कम्युनिष्ट पार्टी, नेपाल
३२ १५५ नेपाल सदभावना पार्टी
३३ १७१ राष्ट्रिय सद्भावना पार्टी
३४ १७२ उन्नत लोकतन्त्र पार्टी
३५ १७४ नेपाल विवेकशील पार्टी
३६ १७५ तराई मधेश लोकतान्त्रिक पार्टी
३७ १७७ नेपाल सुशासन पार्टी
३८ १८५ नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३९ १८६ देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल
ग। बुँदा नं। २ सँग सम्बन्धित सचेत गराइएका १२ राजनीतिक दलहरु
क्र।स। दल दर्ता नं। लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको मिति राजनीतिक दलको नाम कैफियत
१ १३० २०८०र२र५ नेपालका लागि नेपाली पार्टी
२ १ २०८०र२र१७ नेपाल मजदुर किसान पार्टीँ
३ १५४ २०८०र२र७ नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवादी पुष्षलाल०
४ ५ २०८०र२र१७ एकीकृत शक्ति नेपाल
५ १६७ २०८०र१र२७ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
६ ४७ २०८०र२र२५ नयाँ पार्टी, नेपाल
७ १५६ २०८०र२र२१ किरात खम्बुवान साझा पार्टी
८ ४१ २०८०र२र२१ राष्ट्रिय जनमोर्चा
९ ७३ २०८०र२र२३ मितेरी पार्टी, नेपाल
१० १६६ २०८०र२र१८ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०
११ ८० २०८०र२र२३ राष्ट्रिय विकास पार्टी
१२ ७ २०८०र२र७ चुरेभावर लोकतान्त्रिक पार्टी
घ। बुँदा नं। ३ सँग सम्बन्धित रु १५,००० जरिवाना तोकिएका २ राजनीतिक दलहरु
१। मुस्कान सेना नेपाल पार्टी
२। शिव सेना नेपाल
ङ। बुँदा नं। ३ सँगै सम्बन्धित रु २०,००० जरिवाना तोकिएका ३ राजनीतिक दलहरु
१। आम आदमी पार्टी नेपाल
२। राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
३। नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक
च। बुँदा नं। ४ सँग सम्बन्धित रु १०,००० जरिवाना तोकिएका ४ राजनीतिक दलहरु
१। पिछडावर्ग निषाद दलित जनजाती पार्टी
२। नेश्नलिष्ट पिपल्स पार्टी
३। समाजवादी पार्टी नेपाल
४। नेपाल दलित पार्टी
छ। बुँदा नं। ४ सँगै सम्बन्धित रु १५,००० जरिवाना तोकिएका ४ राजनीतिक दलहरु
१। नेपाः राष्ट्रिय पार्टी
२। गान्धीवादी पार्टी नेपाल
३। नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
४। समाजवादी केन्द्र, नेपाल
ज। बुँदा नं। ४ सँगै सम्बन्धित रु २०,००० जरिवाना तोकिएका ८ राजनीतिक दलहरु
क्र।स। दल दर्ता नं। स्पष्टीकरण पेश गरेकोरनगरेको राजनीतिक दलको नाम कैफियत
१ २२ पेश नगरेको नेपाल नौलो जनवादी पार्टी
२ २७ पेश नगरेको नेपाल राष्ट्रवादी पार्टी
३ ४९ पेश नगरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
४ १२९ पेश नगरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
५ १५८ पेश नगरेको माओवादी जनमुक्ति पार्टी नेपाल
६ १८० पेश नगरेको सामाजिक एकता पार्टी
७ १८३ पेश नगरेको साझा पार्टी, नेपाल
८ १८४ पेश नगरेको नेपाल कम्युनिष्ट पार्टी ९गौरबशाली०
झ। बुँदा नं। ५ सँगै सम्बन्धित रु ७,००० जरिवाना तोकिएका ८ राजनीतिक दलहरु
क्र।स। दल दर्ता नं। स्पष्टीकरण पेश गरेकोरनगरेको राजनीतिक दलको नाम कैफियत
१ १६८ पेश गरेको बहुजन एकता पार्टी नेपाल
२ १४ पेश गरेको नेपाली ग्रिन्स पार्टी
३ १८१ पेश गरेको नागरिक उन्मुक्ति पार्टी
४ १८ पेश गरेको नेपाल आमा पार्टी
५ १७९ पेश गरेको जनता प्रगतिशील पार्टी, नेपाल
६ ८८ पेश गरेको नेपालवाद
७ १३१ पेश गरेको संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
८ १८२ पेश गरेको नेपाल समाजवादी पार्टी
ञ। बुँदा नं। ५ सँगै सम्बन्धित रु १०,००० जरिवाना तोकिएको १ राजनीतिक दलहरु
१। त्रिमूल नेपाल