
फाइल फोटो ः गुगल
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन भएको छ । यातायात व्यवस्था विभागले स्वचालित मुल्य प्रणाली लागू गर्दै सार्वजनिक यातायातको भाडा घटाएको हो । यातायात व्यवस्था विभागले आज अत्यन्त जरुरी सूचना जारी गर्दै भाडादर समायोजन गरिएको जनाएको छ ।
विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत भाडा घटाएको छ । यस्तै मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ । नेपाल आयल निगमले स्वचालित प्रणालीअनुसार आइतबार रातिदेखि डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । सोही अनुसार विभागले पनि स्वचालित रुपमा भाडा घटाएको जनाएको छ ।
यस्तो छ मुल्यसूचचि