
काठमाडौ । आजबाट सुरु हुन लागेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा विभिन्न १० एजेण्डामा छलफल हुने भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति एजेण्डा तय गरेको हो ।
पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले दिनुभएको जानकारी अनुसार पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा हुनेछ । दोस्रो, सांगठनिक कार्ययोजना र कार्यतालिका बैठकमा प्रस्तावित हुन्छ र पार्टीको निर्वाचन समितिमार्फत गर्नुपर्ने कतिपय कामहरु छन् ति कामहरुको बारेमा बैठकमा प्रस्ताव हुनेछ । तेस्रो एजेण्डामा यसबिचमा कार्यसम्पादन समितिले जे जस्ता निर्णयहरु भएका छन् ति विषय अनुमोदनका लागि प्रस्तावका रुपमा प्रश्तुत हुनेछ ।
चौथो, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन बैठकमा प्रश्तुत गरिनेछ । पाँचौ, भोलिको बैठकमा नीति अधिवेशन सम्बन्धि केही खाका प्रश्तावित हुन्छ । बैठक टुंगिदै गर्दा हामी सार्वजनिक गरिने छ । कांग्रेसको आगामी नीति अधिवेशनको मिति, तिथि, स्थान, पक्रिया र सहभागिताको सन्दर्भमा। छैठौँ, केही विभागहरु थप्नुपर्ने र केही विभागहरुको कामको व्याख्या गर्नुपर्ने आवश्यकता छ त्यसकारण विभाग गठन सम्बन्धी प्रश्ताव पनि एजेण्डाका रुपमा प्रस्तुत भएका छन् । सातौँ एजेण्डामा पार्टीले सञ्चालन गर्ने एउटा राष्ट्रवादी अभियान, अभियानको नाम, अभियानको उद्देश्य, अभियानको खाका प्रस्तावित गरिने छ ।
आठौँ, अनुशासन समितिले अनुशासन सम्बन्धि प्रतिवेदन पेश हुनेछ । पार्टीका अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रश्तुत गर्नुहुन्छ। नवौँ, प्रतिनिधि सभाका यस बिचमा के–कस्ता गतिविधि भएका छन्, हामीले गरिरहेको भुमिका के छ, त्यहाँ कस्ता विधेयकहरु आएका छन्, त्यहाँ भइरहेको हाम्रो समग्र प्रश्तुतीको बारेमा पार्टीको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकलाई जानकारी गराउनुहुन्छ। दशौँ, पार्टी सरकारमा भएको सन्दर्भ समेटेर पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारमा रहेर हाम्रो भइरहेका गतिविधिहरुको सन्दर्भमा बैठकमा जानकारी गराउने कुरालाई पनि एजेण्डामा राखिएको छ ।
एकवर्षपछि हुन लागेको बैठक भएकाले केन्द्रीय सदस्यहरु निकै उत्साहित भएका छन् । बैठकमा सबैलाई बोल्नका लागि समय दिइएने छ । आफूलाई लागेको कुरा स्पष्टसँग राख्न पाइने व्यवस्था गरिएको छ । बैठकमा पार्टी महामन्त्रीसहितका केही नेताहरुले विशेष महाधिवेशनको कुरा उाउन कि उठाउँदैन त्यसले भने उनीहरुको राजनीतिक हैसियतको निर्धाण गर्ने अवस्था छ । तर यो विाष्यलाई उाउँने आँट कस कस्ले गर्दछन भनेर सभापति देउवाले लाइभ गर्ने प्रस्ताव समेत गर्नुभएको छ । बैठकको अन्तिममा निती महाधिवेशनको मितिदेखि विभाग गठन देखि भातृ संस्थालाई पूर्णता दिएर ऐतिहासिक रुपमा सफल बनाउने तयारी रहेको नेताहरुले बताएका छन्