
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बसिरहेको छ । पार्टीको केन्द्रिय कार्यालय सानेपामा बसिरहेको बैठकमा महामनत्री गगन थापाले १० वटा कार्यसूची प्रस्तुत गर्नुभएको छ । बैठकमा पार्टीका महामन्त्री गगन कुमार थापाले पार्टीको वार्षिक कार्ययोजना पेस गर्नुभयो ।
महामनत्री थापाले पेश गर्नुभएको कार्यसूचीमा भदौ १५ गतेभित्र पार्टीका भातृ सङ्गठनहरूलाई पूर्णता दिने र भदौ मसान्तभित्र सबै भातृ सङ्गठनलाई पार्टी केन्द्रिय कार्यालयमा वार्षिक कार्ययोजना पेस गर्ने रहेको छ । थापाले पार्टीको क्रियाशिल वितरणदेखि पार्टीको सम्मेलन गर्ने र नीति महाधिवेशन गर्ने विषयमा पनि तालिका बनाउने उल्लेख गर्नुभएको छ
यस्तै बैठकमा पार्टीका संसदीय दलका सचेतक रमेश लेखकले संसदमा भएका गतिविधि र नेपाली कांग्रेसको भूमिकाका विषयमा कांग्रेसले हालसम्म गरेको कामको विस्तृत वितरण राख्नु भएको थियो । उहाले संसदमा कांग्रेसको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दे सांसदहरुलाई बैठक अवधिभर संसदमा बस्नका लागि पनि आग्रह गर्नुभयो ।
यस्तै केन्द्रिय समिति बैठकमा संघीय सरकारका साथै सातवटै प्रदेश सरकारमा नेपाली काँग्रेसको सहभागिता रहेकाले सरकारका गतिविधिका बारे पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टीको भूमिकाका विषयमा धारणा राखिरहनु भएको छ । उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसले बडो गम्भीरता र सालिनताकासाथ बिग्रिएको गठबन्धनलाई पून जोगाएको उल्लेख गर्नुभयो । उहाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले विश्वासको वातावरण बनाएको र त्यसले कांग्रेसले राष्ट्पति पद पाएको बताउनुभयो ।
उहाले कांग्रेसले बडो जिम्मेवारीकासाथ अघि बढेकाले नै संघर्षमा खारिएका नेतालाई राष्ट्पति बनाउन सफल भएको पनि उल्लेख गर्नुभयो । उहाले संविधानको रक्षा गर्ने निकायमा कांग्रेसले राष्ट्पति जिताउन सफल भएकोमा पनि महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । उहाले संघसहित प्रदेशमा पनि कांग्रेसको सहभागिता रहेको स्मरण गराउँदै उहाले पार्टीको निर्देश, घोषणापत्र आम नागरिकको भावना अनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । उहाले कांग्रेसको नोतहरुले आम नेपाली नागरिकले मुख खुम्च्याउने गरि हिड्नुपर्ने अवस्था आउन नदिलन सबै एक हुनुपर्नेमा पनि जोड दिनुभयो ।
उहाले आफ्ना कमजोरीहरु भएमा सुझाव दिन पनि आग्रह गर्नुभयो । उहाले केन्द्रीय समितिको सुझाव महत्वपूर्ण हुने बताउनुभयो । उहाले बजेट निर्माणका क्रममा भएका कमीकमजोरीहरुलाई बसेर केन्द्रीय समितिमा छलफल हुने उल्लेख गर्नुभयो । यसअघि बैठकमा बैठकमा समसामयिक राजनीतिक विषय, आर्थिक, सामाजिक, परराष्ट्र, सुशासन, साङ्गठनिक कार्ययोजना, नीति महाधिवेशन, विभागहरूका गठन लगायतका विषयमा छलफल हुने उल्लेख गरिएको छ ।बैठक भोली ११ बजे बस्नेगरी स्थगित भएको छ ।