
स्वर्गीय सीता दाहालको स्मृतिमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री पुष्पकमल दाहालसहित अन्य विशिष्ट व्यक्तित्वहरु ः तस्बिर नुवाकोट पुकार डटकम
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी स्वर्गीय सिता दाहालको निधन भएको सातौँ दिनमा उहाको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपतिहरू, पूर्व प्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, उपप्रधानमन्त्रीहरू, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू, सांसदहरु तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उपस्थिति थियो । सभामा माओवादी पार्टीका नोत कार्यकर्ताहरु समेत सहभागिथिए । सहभागिहरुले स्वर्गीय दाहालको तस्बिरमा माल्यार्पण गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रमलाई प्रधानमन्त्री दाहालले लिखित रुपमा सम्बोधन गर्नुभएको थियो । श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शोकको घडीमा सबैको समवेदना र साथले पिडाबाट निस्कन आफूलाई मदत पुगेको बताउनु भयो । निकै भावाु मुद्रामा रहनु भएका दाहालले धर्मपत्नी सिता दाहालले जीवित हुँदा कसैलाई दुःख नदिएको तथा मृत्युको क्षणमा पनि कसैलाई पीडा नदिएको उल्लेख गर्दै स्वर्गीय दाहालको उपचारका लागि राज्यबाट कुनै सुविधा नलिएको पनि प्रष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले स्वर्गीय सिता दाहालको उपचारमा संलग्न सबै चिकित्सकलाई धन्यवाद समेत दिनुभयो