
कांग्रेस आयोजना गरेको चियापानमा सहभागिहरु नोत कार्यैकर्ताहरु तस्बिर ः नुवाकोट पुकार डटकम
काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका प्रमुख नेताहरुको अनुपस्थितिमा नुवाकोट कांग्रेसका अगुवाहरुले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।आज बिहान राजधानीको दियालो फुडल्याण्डमा आयोजना गरिएको चियापान कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण कुईँकेलको सक्रियतामा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति धुव्र अधिकारी, पूर्व सचिव सुरेन्द्रराज अधिकारी,पूर्व कोषाध्यक्ष महेन्द्र थिड., भरत खड्का,काग्रेसका पूराना नेता बाबुकाजी पाठक,रामप्रसाद अधिकारी,विषम रिमाल,चोकराज शाक्य,रामकृष्ण थापा कांग्रेस जिल्ला सहसचिव यादव नेपाल, पूर्व महासमिति सदस्य पदमराज पौडेल, महाधिवेशन प्रतिनिधि दिपक लामा, जयराम दाहाल,तादी गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस तादीका सभापति नारायण पाण्डे, कांग्रेस क्षेत्र नं २ का सचिव नमराज पाण्डेलगायतका अन्य दर्जनौ नेता कार्यकर्ताको उपथिति रहेको थियो ।
कार्यक्रममा पूर्व सभापति अधिकारीले मुलुकमा स्वर्गीय वीपी कोइरालाले देखाएको विचार र शिद्धान्तको अझै सान्र्दभिकता रहेको भन्दै नेपाली कांग्रेसले बिर्सदै गएको गुनासो गर्नुभयो । कार्यक्रममा सहभागिहरुले नेपाली कांग्रेसका नेताहरु सत्ता स्वार्थमा केन्द्रीय हुँदै गएको र त्याग र बलीदानी गरेका नेता कार्यकर्तालाई बिसा थालेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । नेता अधिकारीले ओपचारिक कार्यक्रम पर्खेर बस्नु भन्दा यस्ता अनौपचारिक कार्यक्रम गरेर पनि पार्टीलाई अघि बढाउन सहयोग गर्न सकिने भन्दै आयोजकलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई स्वागत गर्दै कांग्रेस नेता कृष्ण कुइँकेलले वीपी कोइरालाको स्मृतिमा पार्टीका साथीभाइहरुसँग भेटघाटका लागि कार्यक्रम राखिएको जानकारी दिएका थिए । नेपाली कांग्रेसका पुराना नेता देखि युवा नेताहरुको उपस्थिति रहेको कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गरेका नेपाली कांग्रेसका वरिष्ठ नेताहरुको भने सहभागिता थिएन । आयोजकले नेताहरुलाई भन्दा पार्टीका सक्रिय नेता कार्यकर्ताहरुसँग पार्टीको अवस्था र भावी रणनीतिका बारेमा अन्र्तक्रियाका लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए । कार्यक्रममा अन्र्तक्रिया भनिएपनि केहीले मात्रै बोलेका थिए । कार्यक्रममा सभाागिहरु मध्ये अधिकांशले पार्टीलाई गुट उपगुटबाट मुक्त गराउन आवश्यक भएकोमा जोड दिएका थिए