
नुवाकोट पुकार साप्ताहिक यो हप्ताबाट १६ औं वर्षमा प्रवेश गरेको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै मुलुकको लोकतन्त्र, शान्ति र आर्थिक विकासलाई मुल मन्त्रको रुपमा पत्रिका प्रकाशन सुरु गरेका थियौ । यसबिचमा आइपरेका जस्तोसुकै कठिनाईलाई पनि वेवास्था गर्दै हामीले अघि सारेका मुल आर्दशलाई नै मुख्य लक्ष्यकासाथ अघि बढिरहेका छौ र यो अवसरमा बढिरहने प्रण पनि गर्दछा्} ।
हामीले नुवाकोट पुकार मार्फत पत्रकारिता सुरु गर्दा मुलुकमा भरर्खर लोकतन्त्र स्थापना भएको थियो । अहिले लोकतन्त्रसँगै संविधानसभाले संविधान निर्माण गर्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत अघि बढिरहेको छ । तीन तहका सरकारहरु क्रियाशिल छन् । जनताले लडेर ल्याएको यो व्यवस्था मार्फत जनताको घरदैलोमा नै सिंहदरबार पुगेको छ । तर यतिले मात्रै मुलुक सम्पन्न भएको छैन ।
अबका दिनमा आर्थिक विकास मुल मन्त्र बनाउनुपर्ने अवस्था रहेको छ । यसका लागि हामी हाम्रो ठउँबाट जस्कोसुकै कुर्वानी गर्न पनि तयार छौ भन्ने प्रतिवद्धता जाहेर गर्दछौ । सार्थै यो महान र पवित्र लक्ष्यका लागि राजनीतिक दल, नागरिक समाज र बुद्धिजिविहरुलाई पनि खबरदारी गरिरहने छौ । मुलुकमा भुकम्प, कोरोना महामारीपपछि यतिखेर आर्थिक मन्दीको अवस्थाम मुलुक गुज्रिरहेको छ । यो अवस्थाकाबीच जिल्लाबाट प्रत्रिका प्रकाशन गर्नु निकै चुनौतीको रहेको छ । विज्ञापनका बजाहरु घटेका छन् ।
पाठकहरु समेत पत्रिका पढ्न झर्को मान्ने अवस्था बन्दै गएको छ । यो चुनौतीपूर्ण सत्यताकाबीच हामीले पाठकहरुको सहजताका लागि अनलाइन संकरण nuwakotpukar.com सञ्चालनमा ल्याएका छौ । हामी यि दुवै संस्था मार्फत दुर दराजमा रहेका आम नामगरिकको प्रतिनिधित्व गर्दै उनीहरुको समस्यालाई राज्य र नीति निर्माण तहमा बसेकाहरुसम्म पुर्याउने र खबरदारी गर्ने काम गरिरहने छौ यो हाम्रो तपाईहरुप्रतिको प्रण हो । हामी तपाई आम पाठक एव विज्ञापनदाताको मायाले नै यो अवस्थामा आएका छौ । हाम्रो उदेश्य निश्पक्ष र स्वतन्त्र पत्रकारिता नै हो, यसमा हामी कतै पनि हलचल गर्ने छैनौ । अन्त्यमा हामीलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने हाम्रा आम पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरुलार्इ पुन ः बधाई ज्ञापन गर्दै यहाहरुको सहयोग र साथ सँधै रहने विश्वासकासाथ कृतज्ञताजाहेर गर्दछौ