
बेलकोटगढी ७ मा व्यवसायिक रुपमा पालिएको कुखुरा फम तस्बिर ः नुवाकोट पुकार डटकम
विदुर । पछिल्लो समय नुवाकोटका किसानहरुले अन्य व्यवसाय छाडेर कुखुरा व्यवसायमा लागेका छन् । पछिल्लो समय नगदे बालीजस्तै ४० देखि ४५ दिनसम्ममा बोइलर कुखुरा बिक्रीका लागि तयारी हुने भएपछि अन्य व्यवसाय छाडेर धेरै किसानहरु कुखुरा पालनमा लागेका छन् । अन्य खेतीभन्दा सजिलो र छिटो हुने भएकाले यसतर्फ किसानहरु आकर्षित भएको नुवाकोट कुखुरा पालक किसान संघका पूर्व अध्यक्ष गोकर्ण नेपालले बताउनु भयो । किसानहरुले एउटा चल्ला किन्दा हालको मूल्य अनुसार ७५ रुपयाँमा पर्दछ ।
यस्तै एउटा कुखुराका सरदर ५ किलो दान आवश्यक पर्छ । एक केजी दानको हालको बजार मुख्य ८५ रुपयाँ रहेको छ । औषधी सहित अन्य खर्च वापत चल्लाले ५० औषधी लाग्ने गर्दछ । यस्तै त्यसलाका लागि चाहिने भुस,बक्रीका लागि बजार लैजादा लाग्ने ढुवानी खर्च कम्तिा ३० रुपयाँ हुने गर्दछ । यस्तै सातदेखि १० प्रतिशतको मृत्यु हुने गर्दछ । एउटा कुखरामा ५८० सय देखि ६ सय सम्म खर्च । हुने गर्दछ भने एउटा कुरा ४० दिनमा यति कलिो २ सय ग्रामदेखि २ देखि २किलो ८ सय ग्राम सम्म हुने गर्दछ । किसानले उत्पादन गरेर बजारमा पुर्याउँदा हाल बजारको मुख्य २९० रहेको छ । तर यसमा पनि बिचौलियाले १० प्रतिशत बमिसन लिने गरेको छ ।
यसरी दाना भिटामिनसहित ४० दिन पाल्नका लागि अन्य खर्च सबै गरेर कटाउँदा पनि किलोमा ५० रुपयाँदेखि ७५ रुपयाँसम्म बच्ने गरेको कुखुरा पालकहरुको भनाई रहेको छ । यसरी एक हजार कुखुरा पालन गर्दा किसानले बजारमा बेच्न लाने बेलामा आठ सय मात्र उत्पादन भएको खण्डमा पनि केही नाफा गर्न सकिने पूर्व अध्यक्ष नेपालले नुवाकोट पुकारलाई बताए । उनले सुरुमा खोर निर्माण देखि दाना दिने भाडाहरु निर्माणका लागि खर्च लाग्ने र चल्लाका लागि अगाडि नै रकम जम्मा गर्नुपर्ने भएकाले केही समस्या भएपनि उत्पादन भएपछि बिक्रीका लागि भने बजारको समस्या नभएको बताए । पूर्व अध्यक्ष नेपालले तरिका मिलाएर मात्र काम गर्न हाग्रह गर्दे कतिपय यस विषयमा ज्ञान नभएकाहरुले पनि व्यवसाय गर्दा भने जोखिम व्यहोनुपर्ने अवस्था आउने सुझाव दिए ।
नुवाकोट बेलकोटगढी वडा नं ५का राजन नेपालले आफूले कुखुरा पाल्न थालेको ६ महिनामा एक लाख भन्दा बढि आम्दानी गरेको जानकारी दिए । उनले हावा पानी र दाना मिलाएर त्यसको सहि रुपमा हेरचाह गर्न सकेको खण्डमा कुखुरा व्यसायबाट आम्दानी गर्न सकिने बताए । पछिल्लो समय वैदेशिक रोजगारबाट फर्केका युवादेखि गाउँमा नै बसेका युवाहरु पनि कुखुरा व्यवसायमा आकर्षित भएको जिल्ला पशुस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका पछिल्लो समय व्यवसायिक रुपमा नै कुखुरा पाल्ने किसानहरुको संख्या बढिरहेको छ । नुवाकोटबाट उत्पादन भएको कुखुराहरु राजधानीमा बिक्रीका लागि लाने गरिन्छ ।
दान र चल्ला भने जिल्लाबाट नै आयात गर्न सकिने अर्का कुखुरा पालक रामेश्वर लामिछानेले बताए । पछिल्लो समय गाउँमा मलको समस्या , काम गर्ने मजदुरको समस्या जस्ता कारण कृषितर्फ भन्दा यस्ता व्यवसायतर्फ किसानहरु आकर्षित भएपछि गाउँघरको खेतबारी भने बाँझिने अवस्थामा पुगेको छ । विगतामा किसानहरु उखू, कोदो, गहू जस्ता उत्पादन छाडेर कुखुरा पालनतर्फ लागेका छन् । यसले जिल्लामा कृषिजन्य उत्दापनलाई भने प्रभाव पार्ने कृषि ज्ञान केन्द्र नुवाकोटका एक अधिकारीले बताउनुभयो ।
उनले भने गाउँमा खेतबारी बाँझो राखेर पनि कतिपयले कुखुरा पाल्न थाल्नु भएको छ, व्यापार गर्नु त राम्रो तर सँगै किृषि कमलाई पनि अघि बढाएको खण्डमा सुनम सुगन्ध हुने थियो । कृषिका लागि मल, बिउ तथा सिँचाईको र उत्पादन गरिएका वस्तुहरुको अभावका कारण पनि कृषि क्षेत्रमा युवादेखि वयस्कहरुको समेत आकर्षण घटेको छ । यसतर्फ सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।